बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको अवस्था दिनप्रतिदिन कमजोर हुँदै, दुवै मृगौलाले काम गर्न छाड्यो

काठमाडौँ । पित्तबाहिनी नलीको क्यान्सरका कारण मृत्युसँग संघर्ष गरिरहेका बरिष्ठ न्युरो सर्जन डा उपेन्द्र देवकोटाको अवस्था दिनप्रतिदिन कमजोर हुँदै गएको छ । अहिले उनको दुवै मृगौला समेत फेल भैसकेको चिकित्सकहरुले बताएका छन् ।

पित्तनलीको क्यान्सरका कारण शरीरमा फैलिएको टक्सिनका कारण डाक्टर देवकोटाको मृगौला फेल भएको हो । मृगौला फेल भएपछि डा देवकोटालाई डायलाइसिस गर्न सुरु गरिएको छ । हालसम्म डा देवकोटाको ४ पटक डायलाइसिस भइसकेको समेत चिकित्सकको भनाइ छ ।

डा देवकोटालाई न्युरो अस्पतालको आइसियुमा नै बनस्थलीस्थित किड्नी सेन्टरबाट आएका टोलीले डायलाइसिस गरिरहेका छन् । मृगौलाको उपचारमा भने किड्नी सेन्टरका डाक्टर ऋषिकुमार काफ्ले र त्रिवि शिक्षण अस्पतालकी डाक्टर दिव्यासिंह शाह संलग्न छन् । मृगौला फेल भएपछि डाक्टर देवकोटाको स्वास्थ्य स्थिति थप गम्भीर बनेको छ । यही कारण उनकोे भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

मङ्लबार, जेष्ठ २९, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री