यी चर्चित नायिका विवाह अगाडि नै गर्भवती

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७५, सोमबार ०६:३४

मुम्बई । बलिउड अभिनेत्री नेहा धुपिया विवाह अगाडि नै गर्भवती भएको खुलासा भएको छ । सामाजिक सञ्जालमा नेहा गर्भवती भएको कुरालाई लिएर चर्चा भइरहेको छ ।
उनी बिहेअघि नै गर्भवती थिइन् र यही कारण उनले गुपचुपमा बिहे गरेको आरोप छ । यस हल्लालाई लिएर नेहा र उनका श्रीमान् अंगद वेदीले कुनै प्रतिक्रिया जनाएका छैनन् ।

छोरीबारे यस्तो कुरा सुनेर नेहाका बुबा प्रदीप धुपिया दिक्क भएका छन् । उनले नेहाका बारेमा आएका यी कुरा गलत भएको बताइरहेका छन् ।
नेहाका पिताले भनेका छन्, ‘नेहा र अंगद बेदीले हतारमा बिहे गरेका हुन् । यही कारण मान्छेहरूले यस्तो आशंका गरेका हुन् । यो बेकारको हल्ला मात्र हो ।

वेदी परिवार र हामी मिलेरै बिहे तय गरेका हौँ । फेरि, दुवैका सामुन्ने धेरै कामहरू छन्, गर्नुपर्ने । त्यही कारण पनि बिहेको मिति चाँडै तय भएको हो ।’ एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१