अल्कोहलले मसाज गर्दा यी ५ चमत्कारिक फाइदा मिल्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ जेष्ठ २०७५, सोमबार ०६:०५

अल्कोहलको अत्यधिक सेवन स्वास्थ्यका लागि हानिकारक अवश्य हुन्छ, तर यसको प्रयोगले मसाज गर्दा शरीरको लागि भने फाइदाजनक सावित हुनसक्छ । यदि विश्वास नलागेमा तुरुन्त मसाजको यी ५ चमत्कारिक फाइदा जान्नुहोस्, जुन सायदै कसैलाई थाहा होला ।

१-शारीरिक मेहेनत पश्चात् हुने मांसपेशीको दुखाईमा अल्कोहलको मसाज निकै फाइदाजनक हुन्छ । यसले दुखाई महसूस हुने भागमा मसाज गरी १ घण्टा छोड्नुहोस् र यसपछि धुनुहोस् ।

२-त्वचा र नंगमा फैलिने कुनै पनि किसिमको फंगसमा यो निकै असरदार हुन्छ । यसलाई कपासमा डुबाएर सम्बन्धित स्थानमा लगाउनुहोस् र सुक्न दिनुहोस् । यसलाई धुने हतार गर्नुहुँदैन ।

३-हल्का चोट वा घाउ हुँदा अल्कोहलको प्रयोग गरी यसलाई चाँडो निको पार्न सकिन्छ । यसले सम्बन्धित स्थानमा एन्टीबायोटिकको रूपमा असर गर्छ र चाँडो निको गर्न मद्दत गर्छ ।

४-केवल त्वचाको लागि मात्र नभई कपालमा पनि अल्कोहलले मसाज गर्दा फाइदा मिल्न सक्छ । बीयरको प्रयोग कपाललाई मुलायम र चमकदार बनाउनको लागि गरिन्छ ।

५-शरीरमा तापक्रम बढाउनका लागि अल्कोहलको मसाज निकै लाभदायक हुन्छ । यसले मसाज गरिसकेपछि आफैँ त्वचामा तातोपन महसूस गर्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०