अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी

काठमाण्डु। काठमाण्डुको शंखमुलस्थित यूएनपार्क छेऊमा  अज्ञात समूहले सरकारी गाडीमा आगजनी गरेका छन् । आइतबार दिउँसो राजश्व तालिम केन्द्र, हरिहर भवनको गाडीमा आगजनी भएको हो ।

काठमाण्डु प्रहरी परिसरका डिएसपी मोहन थापाका अनुसार बा १ झ ८८१८ नम्बरको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । आगजनी गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आइतवार, जेष्ठ २७, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री