जीवनमा बहिनी करीनाभन्दा पनि विशेष छन् सलमान खान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ जेष्ठ २०७५, आईतवार ०६:०६

काठमाडौं।  फिल्मी पर्दाबाट टाढा रहेकी अभिनेत्री करिश्मा कपूर सामाजिक सञ्जालमा भने सक्रिय छिन् ।  करिश्माले एक टेिलभिजन कार्यक्रममा बहिनी करीनाको तुलनामा अभिनेता सलमान खान आफ्नो जिन्दगीमा विशेष रहेको बताएकी छिन् । करिश्मा कपूर र सलमान खानको जोडी १९९० को दशमा निकै रुचाइएको जोडी थियो । बलिउडमा यो जोडीले अभिनय गरेका धेरै फिल्म हिट भएका छन् । फिल्म ‘बिबी नम्बर वान’, ‘जुडवा’, ‘अन्दाज अपना अपना’, ‘जित’, ‘दुल्हन हम लेजाएंगे’ लगायतका फिल्म हिट भएका थिए । करिश्माले सलमान र आफूबीचको सम्बन्धको कुरा गर्ने क्रममा सलमान उनकी बहिनी करीना भन्दा पनि नजिक रहेको बताएकी छिन् ।

करिश्माले भनेकी छिन् कि सलमानका लागि करीना बहिनी समान छिन् तसर्थ उनी करिनालाई बच्चाको नजरबाट नै हेर्ने गर्छन । सलमान र करिश्माले मात्रै नभई करीनाले पनि सलमानका साथ बजरंगी भाइजान, क्योंकी, बडिगार्डमा जोडीको रुपमा स्क्रीन शेयर गरिसकेकी छिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१