अकबरे खुर्सानी खानुहोस्, ग्यास्ट्रिक तथा अल्सरलार्इ निको पार्नुहोस्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ जेष्ठ २०७५, बिहीबार ०५:४८

काठमाडौँ । दैनिकजसो हामी भान्सामा खाना खाने बेलामा खोर्सानी खान पनि उत्तिकै रुचाएका हुन्छौं ।

अझै भन्ने हो त डल्ले (अकबरे) खोर्सानी त खान पाउँदाको आनन्द बेग्लै हुन्छ । धेरै मानिसलाई थाहा छैन कि अकबरे खोर्सानी स्वादका साथै स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक रहेको हुन्छ भनेर । अकबरे खोर्सानीले एउटा अचुक औषधिको काम गरिरहेको हुन्छ ।

डल्ले ९अकबरे० खोर्सानीको नियमित प्रयोगले ग्यास्ट्रिक तथा अल्सर जस्ता रोगको लागि उपयोगी सिद्ध हुने विज्ञहरुले बताएका छन् । डल्ले खुर्सानीमा पाइने क्याप्सिसिनका कारण रोगीलाई फाईदा पुग्ने बताइएको छ ।

यो खुर्सानीको नियमित सेवनले ग्यास्ट्रिक तथा अल्सरको संक्रमण बाट बचाउनुको साथै मोटोपन घटाउन सहयोग गर्छ ।रगतमा चिनीको मात्रा घटाउछ । पिसाबको बिरामीलाई लाभदायक हुन्छ । हाडजोर्नी लगायतका दुखाइ घटाउँछ ।

विशेष गरेर अकबरे खुसार्नी हालेर बनाइएको परिकारमा किटाणुको संक्रमण कम हुन्छ थकाइ पनि मेटाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१