हवाई जहाजभित्र निशुल्क वाईफाई !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०५:३६

काठमाडौं । भारतीय दुरसंचार आयोगले विमानमा इन्टरनेट र मोबाइल संचालनको अनुमति दिएको छ । आयोगले मंगलबार उडान–कनेक्ट कनेक्टिभिटीको अनुमति दिएको हो । अबको तीन देखि चार महिनामा दुरसंचार

अपरेटर, एयरलाइन्स र अन्य प्रविधिकको सहयोगमा यो सेवा संचालन गरिने बताइएको छ । इन–फ्लाइन कनेक्टिभिटी सिस्टममा दुई प्रकारको प्रविधी प्रयोग गरिनेछ । सबैभन्दा पहिला, अनबोर्ड एन्टिना प्रयोग गरिन्छ । जसले जमीनमा नजिकको टावरसँग सिग्नल जोड्ने काम गर्छ । यस्तै स्याटेलाइट टिभी सिग्नल प्रसारण गर्न उपग्रहको प्रयोग गरिन्छ । यसका लागि दुरसंचार आयोग विदेशी उपग्रहको उपयोगको इजाजत दिन भने सक्षम नरहेको बताइएको छ ।

यो सिस्टममा इलेक्ट्रोनिक डिभाइसमा एक अनवोर्ड राउटरका माध्यमबाट डाटा प्रषित हुनेछ । जुन विमानको एन्टिनाबाट जोडिनेछ । एन्टिनाले उपग्रहको माध्यमबाट संकेत प्रतिषत गर्छ । यसका साथै इन्टरसेप्टिङ सर्भर र वल्र्डवाइड वेवमा रिले गरिन्छ ।

तर हावामा इन्टरनेट उयोग गर्नु निकै महँगो हुने बताइएको छ । सिंगापुर एयरलाइन्सले भारत बाहिरका उडानमा यो भन्दा पहिला नै बिजनेस क्लामा १०० एमबीसम्म निशुल्क डेटा सुविधा प्रदान गर्दै आएको छ । जसलाई अहिले भारतीय एयर स्पेस भन्दा बाहिर चलाउन सकिन्छ ।

विमानमा वाईफाइ जमिनको भन्दा धेरै सुस्त हुने बताइन्छ । अहिले शिकागो स्थित इन–फ्लाइट इन्टरनेट सेवाले गोगो एयर, जो डेल्टा, एयरोमेक्सिको, एयर फ्रान्स–केएलएम, ब्रिटीश एयरवेज र भर्जिन अटलान्टिक सहितका एयरलाइन्सले कनेक्टिभिटी प्रदान गरेको छ ।

उसले प्रत्येक यात्री डिभाइसलाई १५ एमबीपिएस ब्यान्डविथ प्रदान गर्दै आएको दावी गर्ने गरेको छ । अहिले ३० भन्दा बढी एयरलाइन्सले अनबोर्ड कनेक्टिभिटी सेवा प्रदा गर्दै आएका छन् । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ४, २०८१