कसरी गर्ने गाई पालन ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०५:०७

नेपालमा गाई पालन ब्यबसाय शुरू भएको धेरै भएको छैन निर्वाहका लागि पालिने गाईलाई आम्दानीको स्रोत बनाउन थालेपछि अहिले युवाहरु पनि आकर्षित हुन थालेका छन् । तर गाई पालन गर्नुअघि आहारा, स्वास्थ्य तथा गोठ व्यबस्थापनका बिषयमा ध्यान दिनुपर्छ ।

नजानीकन लाग्दा फस्ने सम्भावना धेरै हुन्छ । सामान्यतया व्यबसायिक रुपमा गाई पाल्नेले १० वटाबाट सुरु गर्नु राम्रो हुने गाईभैंसी अनुसन्धान कार्यक्रमका प्राविधिक अधिकृत डाक्टर विनय श्रेष्ठ बताउनुहुन्छ । बैज्ञानिकहरुले नेपालको हावापानी सुहाउँने जर्सि र होलस्टेन जातका गाई पाल्नु राम्रो हुने सिफारिस गरेका छन् । १० वटा गाई भएको एउटा गोठमा सात वटा जर्सि तथा तीन वटा होलस्टेन राखियो भने किसानलाई व्यबस्थापनमा सजिलो हुन्छ ।

थोरै लगानीमा गाई पालन सुरु गर्नेले बाच्छा बाच्छी भन्दा दुहुना गाई पाल्नु राम्रो हुन्छ । अहिले जर्सी गाई ७० देखि ८० हजार रुपैयाँ पर्छ भने होलस्टेनको एक लाखदेखि एक लाख बीस हजार रुपैंयासम्म पर्छ । नेपाल कृषि अनुसन्धान परिषद् नार्कले तराई र पहाडका ३–३ जिल्लामा गरेको एक अनुसन्धानले घाँसमा आधारित भएर गाई पाल्दा दिनहुँ दुई लिटर दुध उत्पादन बढेको पाईएको छ । यता दाना, पराल, नल, मकैको ढोड खुवाएर पालिएका गाईको भन्दा हरियो घाँस खुवाएर पालिने गाईभैंसीबाट उत्पादित दुधको लागत खर्च एक लिटरमा पाँच रुपैंया कम देखिएको छ ।

ऋयधप्लान्ट एण्ड फुड रिसर्च न्युजिल्याण्डको सहयोगमा तराईका बाँके, सर्लाही र सुनसरी तथा पहाडका काश्कि धादिङ र काभ्रेमा तीन सय कृषकहरुमाझ गरिएको दिगो पशु आहारा अनुसन्धान कार्यक्रमबाट उक्त तथ्य पत्ता लागेको हो । त्यसैकारण गाई पाल्दा घाँसको व्यबस्थापन महत्वपुर्ण हुन्छ । कृषि बैज्ञानिकहरुका अनुसार एक वटा गाई पाल्न एक रोपनी जग्गामा घाँस खेती गर्ने योजना सँगसँगै बनाउनुपर्छ । अर्को महत्वपुर्ण बिषय गोठ व्यबस्थापनको हो । एउटा गाईले अर्को गाईलाई सामान्य अबस्थामा नछुने तरिकाले राख्नुपर्छ । बैज्ञानिक ढंगले बनाउँदा लम्बाई छ फिट र चौडाई चार फिट छुट्याईन्छ । घाँस तथा आहारा दिने ठाउँमा मल वा गोबर नलाग्ने हुनुपर्छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१