टानद्वारा स्वयम्भू क्षेत्रमा दोस्रो सरसफाई तथा जनचेतना अभियान सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ जेष्ठ २०७५, बुधबार ०४:२७

काठमाडौँ । ४४ औं विश्व वातावरण दिवसको अवसरमा टे«किङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०ले जुन ५, मंगलवारको दिन स्वयम्भू क्षेत्रमा दोस्रो सरसफाई तथा जनचेतना अभियानको आयोजना गरेको छ । सो अभियान बिहान ७ बजे स्वयम्भू, बुद्घ पार्कबाट सुरु भई बिहान १० बजे आनन्दकुटि, स्वयम्भूमा गई समापन गरियो ।

“प्लास्टिक प्रदुषण निर्मुल पारौः पुर्नप्रयोग गर्न नसके बहिस्कार गरौं” ९द्यभबत एबिकतष्अ एयििगतष्यल स् क्ष थयग अबलुत चभगकभ ष्त, चभागकभ ष्त० भन्ने मूल नाराका साथ विश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भूनाथ परिसरमा सरसफाई तथा जनचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न गरियो ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, दिपक राज जोशीका प्रमुख आथित्यतामा कार्यक्रमको उद्घाटना गरियो ।

विश्वसम्पदा सुचिमा रहेको स्वयम्भूनाथ, काठमाण्डौं उपत्यकाको अत्यन्त पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको स्वयम्भू क्षेत्रको सरसफाई र जनचेतना कार्यक्रम आयोजना गरेको कुरा टानका अध्यक्ष दाहालले जनाए । नेपालको वातावरण दिनहुँ प्रदुषित भई रहेको कारण टानले स्वयभूलाई मात्रै केन्द्रित नगरी केही समय अगाडी ठमेलबाट यस अभियानको सुरुवात गरेको बताए । टानले आउँदो दिनहरुमा पनि यस अभियानलाई जारी राख्ने जानकारी दिए ।

नेपालको पर्यटन क्षेत्रमा प्रकृति र संस्कृति दुवैको ठूलो भूमिका हुने कारणले गर्दा यसको संरक्षण गर्नुपर्ने कुरामा कार्यक्रमका प्रमुख अथिति जोशिले जोड दिए । नेपालको पर्यटकीय गन्तव्यमा करिव ९० ५ प्राकृतिक सुन्दरता भएको हुँदा सरसफाई र स्थानीय तहमा जनचेतना गराउनुपर्ने बताए ।

टान महासचिव आङ पेम्बा शेर्पाले टान र अरु विभिन्न संस्थाले पनि पछि आउने दिनहरुमा यस्ता कार्यक्रमको आयोजना गर्ने कुरा बताए ।

वडा १५ का अध्यक्षले स्वयम्भू क्षेत्रमा विभिन्न संस्था र स्थानीयहरुको सहयोगमा प्यास्टिक मुक्त क्षेत्र बनाउने जानकारी दिए ।

कार्यक्रमको समापनमा पर्वातारोहण तथा वातावरण विभागका संयोजक पि।के। शेर्पाले पर्यटन र वातावरणको गहिरो सम्बन्ध रहेको कारण सबै पर्यटन व्यवसायी तथा स्थानीयहरुले वतावरण असंतुलनबाट पर्यटन क्षेत्रमा आउने चुनौतीहरुलाई बुझेर यस अभियानलाई अगाडी बढाउनुपर्ने कुरा बताए ।

यस कार्यक्रममा स्वयम्भू क्षेत्रका डि।एस।पि। सुडिन शाही, पर्यटक प्रहरीका निरीक्षक रुपा थापा, मनाङ्ग समाजका प्रतिनिधिहरु, लिभ टू लभका प्रतिनिधिहरु, नाथमका विद्यार्थीको सहभागी रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०