अस्थाई साधन कन्डम धेरै प्रयोग गर्नु पनि स्वास्थ्यको लागि खतरनाक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ जेष्ठ २०७५, मंगलवार ०५:२९

परिवार नियोजनको अस्थाई साधन कन्डम हो । अस्थाई साधन मध्येको सबै भन्दा सर्वसुलभ रुपमा उपलब्ध हुने र प्रयोग गर्न सजिलो हुनाले कन्डमको अत्यधिक प्रयोग हुन्छ ।

कतिलाई कन्डमको सहि प्रयोगबारे जानकारी नहुन पनि सक्छ ।

तर,कन्डमको धेरै प्रयोगले सोचेभन्दा बढी हानि पु¥याउन सक्छ । केही अनुसन्धानकर्ताहरुका अनुसार कन्डममा केही अप्रत्यक्ष असर पुर्‍याउने तत्व भएकाले यसको धेरै प्रयोगले स्वास्थ्यका लागि धेरै ठुलो खतरा पैदा हुनसक्छ । अधिकांश कन्डमहरु लेटेक्सले बनेका हुन्छन् ।

यो एउटा तरल पदार्थ हो जुन रबरको वृक्षबाट प्राप्त हुन्छ । दी अमेरिकन एकेडमी अफ एलर्जी अस्थमा एन्ड म्यूनोलोजीका अनुसार रबरमा प्रोटिन भएका कारण केही व्यक्तिहरुमा एलर्जीका लक्षण देखिएको छ । जसकारण चिकित्सकहरुले भरपर्दो कन्डमको प्रयोग गर्न सुझाव पनि दिएका छन् । एचआइभी र यौन संक्रमण रोगलाई नियन्त्रण गर्न यसको प्रयोगलाई फाइदाजनक मानिन्छ । तर पनि बाह्य छालालाई पूर्ण तवरले सुरक्षित राख्न सक्दैन । जसले चिलाउने र असर गर्ने खतरा कायमै रहन्छ ।

एक अध्ययनका अनुसार कन्डमको सहि प्रयोगले ९८ प्रतिशत सुरक्षा प्राप्त हुन्छ । तर गलत प्रयोग हुन गएमा १ सय जना महिला मध्ये १५ जना महिलामा गर्भ रहने जोखिम कायम रहनसक्छ । म्याद गुज्रिएका कन्डमको प्रयोग गल्तीले पनि नगर्न चिकित्सकहरुले सुझाएका छन् । कन्डममा पाउडर र लुब्रिकेन्टको प्रयोग गरिएको हुन्छ जसले गर्दा महिलामा गम्भिर असर पु¥याउने खतरा हुनसक्छ । अमेरिकी चिकित्सकहरुका अनुसार कन्डममा प्रयोग गरिएको पाउडरले क्यान्सर र बाँझोपनको खतरा समेत हुन्छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१