नोजाका अध्यक्ष मुकुन्द ढुंगाना कानुन मन्त्री द्वारा सम्मानित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० जेष्ठ २०७५, आईतवार ०६:०५

काठमाडौं । राष्ट्रिय अनलाइन पत्रकार संघका अध्यक्ष मुकुन्द ढुंगाना सस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको बिशेष कार्यक्रमको  अबसरमा न्याय कानुन तथा संसदीय मामिला  मन्त्री शेरबहादुर तामांग  द्वारा सम्मानित भएका छन् ।

उनलाई पत्रकारिता मार्फत राष्ट्र हितको खातिर योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको थियो । निष्पक्ष पत्रकारिता र सामाजिक विषयवस्तुमा कलम चलाए वापत उनलाई बिशेष सम्मान गरिएको सस्कृति संरक्षण तथा सामाजिक विकास केन्द्र नेपालको महासचिब पदमनाथ अगस्तीले जानकारी दिएका छन् । ढुंगाना राष्ट्रिय खवर डटकमका प्रधानसम्पादक समेत हुन् ।

सोही अवसरमा जया मल्टिपल क्याम्पसका प्रमुख भवानी प्रसाद पौडेल ,युवा ब्यबसायी शान्त  शर्मा , समाजसेबी चित्र बहादुर रसाइली ,डोल्मा लामा ,आनी भिम्सुवा गुरुङ ,जयकला बस्नेत ,डा दिपेन्द्र ज्ञवाली ,हास्य कलाकार मणि कुमार राई,सरु सुनार लगायतलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा भवानी प्रसाद पौडेल ,तुलसी थापा लागएतले बोल्नुभएको थियो ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१