‘हनुमानले पहाड बोके जस्तै’:बाबुराम भट्टराई

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ जेष्ठ २०७५, शुक्रबार १५:०४

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा.बाबुराम भट्टराईले बजेट रामायणको कथाजस्तो भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा बैठममा बजेटमाथि छलफलका क्रममा पूर्व अर्थमन्त्री समेत रहेका भट्टराईले बजेट रामायणाको कथामा हनुमानले संजीवनी बुटी चिन्न नसकेर पहाड नै बोके जस्तै भएको भनी टिप्पणी गरेका छन् । सरकारले दाबी गरे जस्तो संमृद्विको सपना पूरा हुने खालको बजेट नआएको भट्टरार्इले बताए। बहुमत सरकारले सपना बाड्ने काम गरेको र बजेटमा त्यस्ता कुरा समावेश नगरिएको उनले आरोप लगाए।

बजेटमा सम्भाव्यता खोजी गरिनेछ, प्रक्रिया अघि बढाइने छ, अध्ययन गरिनेछ, भन्ने जस्ता शब्दावली मात्रै प्रयोग भएको र योजनाका स्पष्ट मागर्चित्र नभएको प्रतिक्रिया दिए। ‘बजेट निर्माणका क्रममा प्राथमिकता निर्धारणमा समस्या रह्यो।’ उनले भने। थुप्रै पूराना कार्यक्रम भएपनि अर्थमन्त्रीले । कुन राम्रो कुन नराम्रो थाहा नपाएर बजेट ल्याएको भट्टराईको टिप्पणी थियो।

भट्टराईले बजेटले कृषिमाथि आधारित अर्थतन्त्रको सम्भावना खोज्न नसकेको बताए । बजेटका उद्देश्य राम्रा भएपनि कुन बाटोमा जाने भन्ने अर्थमन्त्री अलमलिएको उनले बताए।

देश संघीयतामा गइसके पनि बजेट केन्द्रमै सीमित रहेको उनको आरोप थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१