कुरिलो खानुहोस पिशाब पाेल्ने,पेटकाे ट्युमर,घाँटीमा भएकाे संक्रमणबाट बच्नुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७५, बिहीबार ०५:१९

१. कुरिलो स्वास्थ्यका लागि निकै उपयोगी चिज हो । यसको सेवनले शरीरलाई निकै फाइदाजनक हुन्छ । कुरिलोको जरा सुकाएर धूलो पारेर दूध तथा मनतातो पानीसंग सेवन गर्नाले पुरुषहरुको बिर्य बढाउँछ ।

२. यसको सेवनले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त,महिलाहरुको स्तनमा दुधको मात्रा बढाउने, दुर्बलता हटाउन, स्वेतप्रदर तथा महिनावारी गडबडीमा उपयोगी हुन्छ ।

३. कुरिलोलाई तरकारी बनाएर तथा यसको सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ । यसमा प्रशस्त मात्रामा भिटामिन, प्रोटीनका साथै बिभिन्न पौष्टिक तत्व पाइन्छ ।

४. यसलाई विभिन्न रोगहरुमा अत्यन्त लाभकारी औषधीको रूपमा प्रयोग गरिन्छ ।

५. कुरिलोको नियमित सेवनले क्यान्सर रोग लाग्नबाट बचाउँछ साथै क्यान्सर रोगीका लागि फाइदाजनक हुन्छ ।

यौन मानिसको अत्याधिक चासोको विषय हो । सामान्य अवस्थामा स्वस्थ्य रहेका व्यक्तिमा यौनिकता रहेन भने उसको यौन स्वास्थ्यमा समस्या छ भन्ने बुझ्न जरुरी छ ।

यौन क्षमता बढाउनका लागि पछिल्ला समयमा विभिन्न औषधिहरुको समेत प्रयोग हुने गरेको छ तर जैविक रुपमा वा खानपानको हेरचाह गरेर पनि यौन क्षमतालाई बढाउन सकिन्छ । त्यसका लागि कामवासना महत्वपूर्ण विषय हो । कामवासना बढाउनका लागि भिटामिन ए बी सी पोटासियम भएका पदार्थको सेवन गर्नु आवश्यक छ जसले शरीरमा सेक्स हर्मोनको उत्पादन बढाउन मद्दत गर्छ ।

त्यस्तै वाइनको सेवनले पनि महिला र पुरुषमा यौन वासना तथा क्षमतामा समेत वृद्धि हुन्छ । लसुनको नियमित सेवनले कामवासनामा वृद्धि गर्छ । लसुनमा पाइने एलिसिन नामक तत्वले यसमा भूमिका निर्वाह गर्छ ।
तुलसीको पातको रस नियमित खाने गर्नाले मानिको यौनक्षमतामा वृद्धि हुन्छ ।

कुरिलो निकै पौष्टिक तरकारी त हो नै यसले मानिसमा यौन क्षमता बढाउन पनि ठूलो सहयोग गर्छ । यसमा विभिन्न खाले भिटामिनका साथै पोटासियम लगायतका तत्व पनि पाइन्छ । यसरी सरीरमा रक्तसंचार सन्तुलित गराउँछ ।

चकलेटको खानाले पनि मानिसमा यौन क्षमतामा वृद्धि गर्न सहयोग पूराउँछ । चकलेटमा फेनिलेथाइलामाइन तथा सेरोटोनिन नामक तत्व पाइन्छ । यसले सरीरमा उर्जा बढाउनुका साथै चरम आनन्द प्राप्तिमा पनि सहयोगी हुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१