किसमिसमा लुकेको छ स्वास्थ्य सम्बन्धी अदभूत रहस्य

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ जेष्ठ २०७५, बिहीबार ०५:११

ड्राई फ्रुट्स खान धेरैलाई मन पर्छ । यीमध्ये किसमिस मीठो पनि हुन्छ र यसले तत्कालै ऊर्जा पनि दिन्छ । अंगुर सुकाएर किसमिस बनाइन्छ ।

किसमिस अनेकौं रंगका हुन्छन् स् कालो, हरियो, सुनौलो । यी रंगहरू किसमिस सुकाउने तरिकाले गर्दा फरक गरी आउँछन् । किसमिसमा भिटामिन र मिनरलहरू प्रशस्त हुन्छन् । खानाको स्वाद बढाउन यिनीहरूको प्रयोग हुन्छ । खीर, हलुवा जस्ता कुरा बनाउँदा माथिबाट किसमिस हालिन्छ । यहाँ हामी किसमिसले स्वास्थ्यमा पु–याउने फाइदाका बारेमा बताउँछौं ।

हाड बलियो बनाउनहाड बलियो पार्ने क्याल्सियम किसमिसमा टन्नै पाइन्छ । किसमिसमा हुने बोरोनले हाडसँग सम्बन्धित रोग अस्टिओपोरेसिसमा राहत दिन्छ । घुँडा दुख्ने पनि यसले ठीक गराउँछ । आँखाको ध्यान आँखाका लागि भिटामिन ए, ए–बीटा क्यारोटिन र ए–क्यारोटिनाइड राम्रो हुन्छ र यो किसमिसमा पाइन्छ । यसमा भएको एन्टीअक्सिडेन्ट गुणले फ्री रेडिकलसँग लड्न मद्दत गर्छ । उमेर बढ्दै जाँदा आँखाका मांसपेशीहरू कमजोर हुँदै जान्छन् । किसमिसको सेवन गर्दा आँखालाई क्षति पुग्दैन ।

यसका अलावा किसमिस खाँदा कोलेस्ट्रोलबाट बचिन्छ, स्मरणशक्ति बढ्छ, एनिमियामा फाइदा पुग्छ, एसिडटी भाग्छ, तौल बढ्छ, गिजा स्वस्थ रहन्छ, मिर्गौला र कलेजो सुरक्षित रहन्छ ।

किसमिस खाने सही तरिका हुन त किसमिस सुक्खै खाएको पनि ठीकै हो तर उसको गुणको बढी फाइदा उठाउन चाहनुहुन्छ भने यसलाई रातभरि भिजाउनुस् र बिहानीपख खानुस् । यसो गर्दा तपाईं पाचनसम्बन्धी समस्याबाट मुक्त हुनुहुन्छ र शरीरमा रगतको कमी हुन पाउँदैन । त्यसबाहेक किसमिसलाई पानीमा हालेर २० मिनेटसम्म उमाल्ने अनि त्यो उम्लिएको पानीलाई रातभरि राखेर बिहानीपख पिउने हो भने त्यसबाट धेरै फाइदा हुन्छ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१