लगातारको यौन सम्पर्कले समेत गर्भ रहेन भने…

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ जेष्ठ २०७५, मंगलवार ०५:१८

डा. नूतन शर्मा।

कुनै श्रीमान् श्रीमतीबीच दुई वर्षसम्म कुनै पनि गर्भनिरोधक साधन प्रयोग नगरी यौनसम्पर्क राख्दासमेत बच्चा जन्मेन भने त्यसलाई साधारण भाषामा बाँझोपन भनिन्छ । प्राथमिक र दोस्रो गरी सामान्यतः बाँझोपन दुई प्रकारको हुन्छ । कहिले पनि बच्चा बसेको छैन भने त्यसलाई प्राथमिक बाँझोपन भनिन्छ ।

त्यसैगरी बच्चा बसेर विभिन्न कारण गर्भपतन भएर लामो समयसम्म प्रयास गर्दा पनि बच्चा बसेन भने त्यसलाई दोस्रो खालको बाँझोपन हो । यो हाम्रो देशको समस्यामात्र होइन । विश्वमा नै यो समस्या व्यापक छ ।

७० देखि ८० प्रतिशतसम्म बाँझोपन हाम्रो आफ्नै कारणले हुन्छ । यो व्यक्तिको व्यवहार र दैनिक क्रियाकलापमा भर पर्छ । १५ देखि २० प्रतिशत कारणमात्रै जन्मजात हुन्छ । पाठेघर नहुने, डिम्बाशय नहुने, पाठेघरको बनोट राम्रो नहुनेजस्ता कारणले जन्मजात बाँझोपना हुन्छ ।

७० देखि ८० प्रतिशत कारणमा सबैभन्दा महत्वपूर्ण कारण संक्रमण हो । महिलामा जनचेतनाको अभाव छ । संक्रमण भएपछि पनि उनीहरू जँचाउन आउँदैनन् ।

फोहोर पानी बगेको छ, पाठेघरमा घाउ छ, ढाड दुख्छ पेट दुख्छ भने यी सबै कुरा हुँदा पनि उनीहरू चिकित्सककहाँ जाँदैनन् । जहिलेबाट एकदमै असजिलो हुन्छ, त्यसपछिमात्रै उनीहरू चिकित्सक कहाँ जाने चलन छ ।

यस्ता खाले संक्रमणको बेलैमा उपचार गर्न सकियो भने बाँझोपनबाट बचाउन सकिन्छ । पाठेघरको संक्रमण हुँदा पाठेघरको मुखबाट भित्र गएर ट्युबमा संक्रमण गराउँछ । ट्युबमा संक्रमण भएपछि ट्युब ब्लक हुन्छ ।

ट्युब ब्लक हुनेबित्तिकै बच्चा बस्दैन । बच्चा बस्नलाई डिम्बाशयबाट अण्डा फुट्नुपर्छ । स्पर्म तलबाट पाठेघरभित्र छिरेर ट्युबमा गएर पुरुष स्पर्मसँग मिलन हुन्छ अनि बच्चा बस्छ । यदि ट्युब ब्लक हुन्छ भने बच्चा बस्दैन । त्यसैले संक्रमण बाँझोपनाको सबैभन्दा पहिलो कारण हो ।

दोस्रो कुरा धेरैलाई थाहा नहुन पनि सक्छ । महिलाको उमेर एउटा महत्वपूर्ण पाटो हो । यो कुरा पुरुषको हकमा लागू नहुन सक्छ । महिलाको एउटा निश्चित उमेर हुन्छ ।

यसको अर्थ महिलामा जुन डिम्बाशय हुन्छ त्यसको एउटा ‘पार्टिकुलर फोलिकल काउन्ट’ हुन्छ । उसले निश्चित फोलिकल्स लिएर जन्मिएको हुन्छ । यो कसैको बढी हुन्छ कसैको कम हुन्छ ।

त्यसैले उमेर बढ्दै जाँदा राम्रो फोलिकल निस्कने क्रम घट्छ । जस्तै हामी कुनै पनि लटमा पहिला फ्रेस कुरा निकाल्छौ । जस्तै महिनावारीमा पहिलो, दोस्रो दिनदेखि अण्डा बन्न सुरु गर्छ । एउटा अण्डा बन्नलाई आठ, दसवटा अण्डाको समूह चाहिन्छ । त्यो समूहमा सबैभन्दा राम्रो राम्रो अण्डा बन्न थाल्छ ।

महिनावारी भएको १३, १४ दिनसम्म एउटा अण्डामात्रै बाँकी रहन्छ बाँकी सबै अण्डा सुक्छ, फुट्छ । एउटा अण्डामात्रै परिपक्व हुन्छ त्यो अण्डा कसैको १२, कसैको १३ र कसैको १४ दिनमा बन्छ । त्यो अण्डा यदि ‘फर्टिलाइजेसन’ हुन्छ भने बच्चा बन्छ । यो जुन प्रक्रिया एउटा उमेर समूहमा मात्र हुन्छ । (हेल्थटुडेबाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०