नेपाल प्रजातान्त्रिक फार्मेसी संघको प्रथम भेलाबाट सस्थापक सभापतिमा बिजेन्द्र बिक्रम राणा निर्बिरोध निर्बाचित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ जेष्ठ २०७५, सोमबार ०५:१८

काठमाडौं ।  इतिहासकै शक्तिशाली भनेर चर्चा गरिएको वर्तमान सरकारले जनताको पक्षमा खासै केही गर्न नसकेको नेता पौडेलले बताए ।

नेपाल प्रजातान्त्रिक फार्मेसी संघले शनिवार राजधानीमा गरेको कार्यक्रममा पौडेलले लगातार इन्धनको मूल्यमा वृद्धि गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको आरोप लगाए । उनले भने, ‘लगातार इन्धनको मूल्य वृद्धि हुँदा सबै क्षेत्रमा मंहगी बढेको छ, आम जनताको दैनिकी कष्टकर हुँदा समेत सरकार रमिते बनेको छ ।’

नेपाल प्रजातान्त्रिक फार्मेसी संघको प्रथम भेलाबाट सस्थापक सभापतिमा बिजेन्द्र बिक्रम राणा निर्बिरोध निर्बाचित भएका छन् । नेपालि कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलको प्रमुख आतिथ्य र बिशिष्ट अतिथिमा नेबिसंघका केन्द्रीय सभापति नैनसिंह महर एबम नेपाल फार्मेसी परिसदका अध्यक्ष केशबधोज जोसी ,परिसद सदस्य युरेक रंजित ,रामजी घिमिरे दिपक भट्ट लगाएतको उपस्थिति रहेको थियो।

नेपाल प्रजातान्त्रिक फार्मेसी संघको प्रथम भेलालाइ  सम्बोधन गर्दै  भेलाबाट सस्थापक सभापतिमा बिजेन्द्र बिक्रम राणा निर्बिरोध निर्बाचित भएकोमा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै फार्मेसी संघले आगामी दिनमा देशको लागि राम्रो काम गर्दै जानेमा पौडेलले बिस्वस्थ समेत जनाए । 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१