एकै पार्टीका सभामुख र उपसभामुखका विषयमा के हुने भन्ने चर्चा सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ जेष्ठ २०७५, शुक्रबार ०४:५३

काठमाडौं । एमाले र माओवादी मिलेर एउटै पार्टी बनेपछि पार्टी एकीकरण भएपछि प्रतिनिधिसभामा एकै पार्टीका सभामुख र उपसभामुख भएका छन्। संविधानमा सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने व्यवस्था छ। प्रतिनिधिसभा सभामुखमा माओवादीबाट कृष्णबहादुर महरा र उपसभामुखमा एमालेबाट डा.शिवमाया तुम्बाहाम्फे निर्वाचित भएका थिए। एमाले र माओवादी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि अब सभामुख र उपसभामुखका विषयमा के हुने भन्ने चर्चा सुरु भएको छ।

राष्ट्रिय जनता पार्टीका सांसद तथा कानुनविद् लक्ष्मणलाल कर्णले सभामुख वा उपसभामुख एउटै पार्टीको भएकाले अब एउटाले राजीनामा दिएर बाटो खोल्नुपर्ने बताए।

संसद् बैठकमा आसन परिवर्तन
नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि संसद्मा आसन परिवर्तन भएको छ। शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा दुवै दलबाट निर्वाचित सांसद आपसमा मिसिएर बसे।

सभामुखको आसनदेखि दाहिनेतर्फका दुई ‘रो’ सत्तापक्षलाई छुट्याइएकोमा यसअघि पहिलो ‘रो’ मा एमाले र दोस्रो रोमा माओवादी सांसद बस्दै आएका थिए। शुक्रबारको बैठकमा भने पुष्पकमल दाहाल सत्तापक्षको पहिलो वरियतामा बसेका थिए भने दोस्रो वरियतामा माधवकुमार नेपाल बसेका थिए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०