कुन-कुन मन्त्रीसँग कति सेयर ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७५, बिहीबार १६:०५

काठमाडौं ।  कुन मन्त्रीसँग कति सेयर होला ? हालै सार्वजनिक मन्त्रीको सम्पत्ति विवरणले धेरैजसो मन्त्रीमा सेयर लगानीमोह छर्लंग गर्छ।

सरकारमा सहभागी मन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार धेरै मन्त्रीले आफ्नो र श्रीमतीको नाममा ठूलो परिमाणमा सेयर किनेको देखिन्छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सेयरमा सबैभन्दा बढी गर्ने मन्त्रीमा परेका छन् । उनकी श्रीमती एवं सांसद जुली महतोको नाममा सबैभन्दा बढी ४० करोड रुपैयाँ सेयरमा लगानी छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले सम्पत्ति विवरणमा सेयर नरहेको उल्लेख गरेका छन् । तर उनीहरुले पनि श्रीमती तथा परिवारका सदस्यको नामबाट सेयरमा लगानी गरेका छन् ।प्रधानमन्त्री पत्नी राधिका शाक्यको नाममा २५ लाख रुपैयाँ बराबरको राष्ट्रिय बचतपत्र छ । रक्षामन्त्री पोखरेलको श्रीमती मिरा पोखरेलको नाममा बरुण हाइड्रोपावरको १० हजार कित्ता, कृषि विकास बैंकको दुई सय कित्ता र मोर्डन कन्या मल्टिपल कलेजको पाँच हजार कित्ता सेयर छ ।

गृहमन्त्री रामबहादुर थापाकी श्रीमती नैनकला थापाको नाममा अपर तामाकोसी हाइड्रोपावरको एक सय ४६ कित्ता, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको नामका रुपाकोट सामुदायिक रेडियोमा पाँच हजार रुपैयाँको सेयर छ ।अर्थमन्त्री युवराज खतिवडाको नाममा साबल सहकारीको पाँच हजार कित्ता र श्रीमतीको नाममा नवदुर्गा भवानी सहकारीको ५० कित्ता सेयर छ ।श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टकी श्रीमती प्रतिमा श्रेष्ठसँग मेगा बैंकको दुई सय ६५ कित्ता र कृषि विकास बैंकको ४९ कित्ता सेयर छ।

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको नाममा लालीगुराँस सहकारी संस्थामा १० हजार रुपैयाँ र हाम्रो नयाँ कृषि सहकारी संस्थामा तीन लाख रुपैयाँ लगानी छ ।युवा तथा खेलकुदमन्त्री विश्वकर्माको बुबाको नाममा कृषि विकास बैंकको चार सय कित्ता, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसँग गण्डकी विकास बैंकको २६ हजार बराबरको, खानीखोला हाइड्रोपावरको ३० लाख रुपैयाँ बराबरको सेयर छ ।कानुनमन्त्री शेरबहादुर तामाङसँग विभिन्न कम्पनीको १५ लाख रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनालसँग नेपाल इन्भेस्टमेन्ट, बैंक अफ काठमाण्डू, सानिमा र प्राइम कमर्सियल बैंकको १० लाख २७ हजार रुपैयाँ बराबरको सेयर रहेको उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०