‘डन’को कब्जा,नख्खु कारागार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७५, बिहीबार १५:२५

काठमाडौं । नख्खु कारागारमा कर्तव्य ज्यान र जवर्जस्ती करणी मुद्दामा सजाय भुक्तान पूरा गरी छुट्न लागेका बर्दियाका भक्तबहादुर सुनारको रहस्यमय हत्यासँगै कारागार नै अपराधीहरुको कब्जामा पुगेको छ । सुनारको बैशाख २१ गते राति कारागारभित्रै हत्या भएको थियो ।तर, कारागार प्रशासनले भने अचानक विरामी भई वीर अस्पतालमा पु(याइएका सुनारलाई आईसीयुमा भर्ना गरी उपचार गर्नु पर्नेमा त्यहाँ आईसीयु बेडको अभावका कारण लगनखेलस्थित पाटन अस्पताल पु(याई उपचार गरिरहेका बखत २२ गते मृत्यु भएको जनाएको थियो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

कारागार प्रशासनले उनको मृत्युको कारण विरामी भएको जनाएपनि त्यहाँ भित्रका कर्मचारी र जेलरको मिलेमतोमा सुनारको कुटपिटबाट मृत्यु भएको थियो । उनको शवसँगै तीन पृष्ठको हस्तलिखित सुसाइट नोट भेटिएको थियो । सुनारको शंकास्पद मृत्युको बारेमा गृह मन्त्रालयले छानविन गरिरहेको छ । राज्यले दिएको सुबिधामा छुट्न पाउन कारागारका चौकीदार बुद्ध गुरुङ, जेलर र केही गुण्डा नाइकेले १५ लाख मागेको र नदिएपछि सुनुवारको कुटपिटबाट मृत्यु भएको सुनारले मृत्यु अघि लेखेको ‘सुसाइट नोट’ उल्लेख थियो ।

कारागरमा चौकिदार गुरुङ, जेलर र डन समिरमान बस्नेतको हालीमुहाली चल्दै आएको छ । कारागारभित्र राज्यले दिएको सेवा सुबिधा लिन समेत यो समूहलाई मोटो रकम बुझाउनु पर्ने बाध्यता रहेको छ । प्रशासन र चौकिदारलाई रिझाउन नसकेकै कारण सुनुवारको हत्या भएकोे अनुसन्धान स्रोतले बतायो ।

स्रोतका अनुसार निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्या काण्डका नाइके समिरमान बस्नेतले जेल प्रशासनसँगको मिलेमतोमा नाइके, भाइ नाइके खडा गर्दै आएका छन् । बस्नेतको समूहले भाइ नाइके मार्फत अन्य कैदीहरुसँग पैसा असुल्ने गरेको र पैसा नदिनेलाई शौचालयमा सुत्न पठाउने गरेको स्रोत बताउँछ ।

कारागारमा लाखौ लगानी गरी जिम क्लवलाई मर्मत गरेपछि बस्नेतल कारागारमा सुरक्षा दिंदै आएको सशस्त्र प्रहरीको सेटिङमा चमेना गृह नै कब्जा गरेको स्रोत बताउँछ । नख्खुमा नेपाल प्रहरीबाट सईको कमाण्डमा आठ जना प्रहरी रहँदै आएका छन् भने काठमाडौंमा रहेका डिल्लीबजार र केन्द्रीय कारागार सुन्धारामा नेपाल प्रहरीले सुरक्षा दिंदै आएको छ । केन्द्रीय कारागार सुन्धारामा डिएसपीको कमाण्ड रहेको छ भने डिल्लीबजारमा इन्सपेक्टरको कमाण्डमा नेपाल प्रहरी खटिएका छन् ।

नख्खुमा नेपाल प्रहरीको काम नै कैदीहरुलाई अस्पताल र अदालत लैजाने मात्र हो । सुरक्षा भने सशस्त्र प्रहरीले गर्दै आएको छ । नख्खु कारागारको सुरक्षाको जिम्मा नेपाल प्रहरीले नपाउने हो भने त्यहाँ कुनै पनि समयमा ठूलो घटना घट्न सक्ने स्रोत बताउँछ । बस्नेतले केन्द्रीय कारागारमा रहेका गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनसँग पनि मिलेमतो गरी अझै पनि ठेकेदारहरुलाई धम्क्याएर रकम असुल्दै आएका छन् ।

कुनै समय दुस्मन रहेका बाहुन र बस्नेतबीच अहिले भने राम्रो कनेक्सन रहेको प्रमाण पनि फेला परेको छ । बस्नेत र बाहुनलाई प्रहरीको एउटा उच्च समूहले मिलापत्र गराई संरक्षण दिंदै आएको स्रोतले बतायो । कारागार स्रोतका अनुसार मृतक सुनार र अर्का गुण्डा नाइके अभिषेक गिरीबीच कनेक्सन रहेको प्रमाण पनि फेला परेको छ ।

केही समय अघि गृहमन्त्री रामबहादुर थापा ‘वादल’ को विशेष निर्देशनमा मोरङ कारागारमा रहेका गुण्डा नाइके गिरीलाई नख्खु कारागार सरुवा गरिएको थियो । मन्त्री थापाले जेलमा मर्सिडिज गाडी चढ्ने कैदीहरु रहेको बताएका थिए । मोरङ कारागार भित्रको सम्पूर्ण कारोबार गिरीले नै गर्दै आएका थिए । गृहमन्त्री वादलले गिरीको नाम नलिएपनि मर्सिडिज चढ्ने कैदी भनेको गिरी नै हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०