युवा क्रिकेटर सन्दिपले पाए २५ लाख मूल्य पर्ने कार उपहार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७५, बिहीबार १५:१५

काठमाडौं । टाटा मोटर्सको आधिकारी बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. ले युवा क्रिकेटर सन्दिप लामिछानेलाई ब्राण्ड एम्बेसडर घोषणा गर्दै  कार उपहार दिएको छ।सिप्रदी ट्रेडिङ प्रा.लि कम्पनीले सन्दिपसँग आफ्नो प्रोडक्टहरुको प्रर्वद्वन गर्नको लागि भन्दै तीन वर्षको सम्झौता गर्दै २५ लाख मूल्यको कार उपहार दिएको हो ।

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सहभागी भएर मंगलबार स्वदेश फर्किए लगत्तै  बुधबार राजधानीको होटल सोल्टीमा आयोजित कार्यक्रममा सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहालले सिप्रदी ट्रेडिङ नेपाली क्रिकेटमा जहिले पनि कटिबद्व रहेको भन्दै सन्दिपलाई कारको चाबी हस्तान्तरण गरे ।

साथमा दाहालसँगै सन्दिपलाई कारको चाबी सीईओ राजनबाबु श्रेष्ठ र टाटा इन्डियाका नेपाल प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको चाबी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा निर्देशक दाहालले कलिलो उमेरमै आइपिएलसँग सम्झौता गर्न सफल र किक्रेटको घर लर्डसमा खेल्ने पहिलो किक्रेट खेलाडी रहेका भन्दै लामिछानेको प्रशंसा पनि गरेका थिए ।

कम्पनीले कार्यक्रममा यसअघि सिएसआर विङ सिप्रदियन सहायता संस्थामार्फत नेपाली किक्रेट टिमका आरिफ सेख र सुनिल धमलालाई पछिल्लो डेढ वर्षदेखि सहयोग गर्दै आइरहेको जानकारी पनि दिएको थियो ।

सिप्रदी ट्रेडिङ प्रा.लि. नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु सञ्चालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो । जुन सन् १९८२ देखि टाटा मोर्टस नेपालमा एक मात्र आधिकारी विक्रेता हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, चैत्र ६, २०८०