आँपमा मन्द बिष,खान बाध्य उपभोक्ता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७५, बिहीबार ०५:४२

काठमाडौं । कार्बाइड नामक बिषदि प्रयोग गरि पकाइएका भारतिय बजारबाट आयतित फलफुलहरु खुले आम रुपमा बिक्री भइरहदा पनि राज्यको प्रशासनिक निकाय भने मौन बसेको छ ।अहिले बजारमा कार्बाइड प्रयोग गरिएका आप खुले आम बेचबिखन भइरहेको छ । बिषदि प्रयोग गरिएका फलफुलका करण उपभोक्ताको स्वास्थ्यमा समेत समस्या देखा पर्न थालेको छ ।

बजार अनुगमन गर्ने प्रशाषनिक निकाय जिल्ला प्रशासन कार्यलय तथा खद्या पदार्थ अनुगमन तथा नाप जाच गर्ने अधिकार सम्पन्न निकाय खाद्य तथा गुण नियन्त्रण कार्यलय जनता प्रति उत्तरदायि नहुदा आम उपभोक्ता मन्द बिष खान बाध्य भएका छन् । असार अन्तिम साताबाट मात्र आप पाक्न थाल्ने भएपनि नेपाली बजारमा बैशाख पहिलो हप्ताबाट नै आपको बिक्रि सुरु भएको थियो ।

चिकित्सकहरुले पनि यसरि जथाभाबि आप तथा सिजन अगाबै आउने फलफुल खादा साबधानी अपनाउन अग्रह गरेका छन् । बिषादि प्रयोग गरेका फलफुल खादा पेट दुख्ने,ग्यास्ट्रयाइटिक बिग्रने,टाउको दुख्ने ,बान्ता हुने,रिगटा लाग्ने,हात खुट्टा गल्ने ,खाना खान मन नलाग्नृे जस्ता स्वास्थ्य समास्या देखा पर्ने डाक्टरको भनाइ छ  ।

२० देखि ४० रुपैया किलोमा भारतिय बजारबाट नेपाल भित्रने आप बिष हालेर ब्यापारिहरुले सर्बसाधरणलाइ १ सय देखि १ सय ६० रुपैया किलो सम्म बेच्ने गरेका छन् । खाद्य ऐन २०२३ को नियमवाली २०२७ को उप नियम १९ घ तथा उप नियम २२ को क बामोजिम फलफुल तथा तरकारि जन्य चिजमा औषधि प्रयोग गर्न प्रतिबन्ध लगाइको छ भने कार्बाइड नामक रसायनलाइ प्रतिबन्ध लगाइएको छ । कार्बाइडबाट उत्पादन हुने एसिटिलिन (एक प्रकारको ग्यास) ले का“चो फलफूल एकै रातमा पकाउन सक्छ। युरोपियन युनियनको खाद्य बिभागले फलफुलमा अत्यधिक कार्बाइड प्रयोग गरिएका कारण्ँ २०१४ मे १ गतेबाट लागू हुने गरी आगामी २०१६ मे १ तारिखसम्मको लागि भारतीय आ“प प्रतिबन्ध लगाएको थियो । अहिले नेपाल भरिनै भारतीय दशहरि, माल्दा,बदाम गुलाब फाष्ट जातका आपहरुमा कार्बाइड प्रयोग गरि बिक्रि भइरहेका छन् । स्मरण रहोस कार्बाइड फलाम वल्डिङ गर्दा प्रयोग गरिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१