थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई दिल्ली लगियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० जेष्ठ २०७५, बिहीबार ०४:४५

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आन्तरिक रक्तश्राव नरोकिएपछि थप उपचारका लागि भारत लगिएको छ । बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको पारिक स्रोतले जनाएको छ । पारिक स्रोतका अनुसार उहाँको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा थप उपचारका लागि राष्ट्रकवि घिमिरेलाई दिल्ली लगिएको हो ।

गएको केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिँदा पनि उनको आन्तरिक रक्तश्राव रोकिएएको थिएन । ग्यास्ट्राईटीस र उच्च रक्तचापका कारण थला पर्नु भएका राष्ट्रकवि घिमिरेको दिसामा समेत रगत देखिन थालेपछि ग्रान्डी अस्पतालमा अस्पताल नै भर्ना गरेर उपचारपछि उनलाई दिल्ली लगीएको हो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१