३३ किलो सुनकाण्डका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०५:४८

विराटनगर । मोरङ जिल्ला अदालतले साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोपमा २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुन तस्करी र सनम शाक्य हत्या काण्डमा संलग्न भएको आरोप लागेका ३० अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

यसैगरी अदालतले एक जनालाई तारेखमा र अर्का एक जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

तारेखमा रिहा हुनेमा प्रहरी जवान अमर थापा छन् भने हवल्दार विष्णु खड्कालाई १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१