अनुहार सुन्दर बनाउने १० घरेलु उपाय : महदेखि काक्रोको रससम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०५:४६

सुन्दर हुन कसलाई मन पर्दैन र ? तर सोचेजति सुन्दर हुन भने कठिन छ । तैपनि अलिकति मेहनत र घरेलु उपायमा ध्यान दिने हो भने सुन्दर बन्न त्यति गाह्रो भने छैन । अनुहारलाई चम्किलो बनाउने १० घरेलु उपाय हामी तपाईलाई दिदैछौँ :

१. दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने । करीब २० मिनेटपछि अनुहार पखाल्ने । हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ।

२. डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।

३. एक चम्चा मह हातमा लिएर अनुहारमा लगाउने । यसमा ४/५ थोपा कागतीको रस मिलाउन सकिन्छ । १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ।

४. अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ।

५. निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ । यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ।

६. पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।

७. काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।

८. काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ।

९. अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ।

१०. सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने । यसलाई फेसवासको रुपमा प्रयोग गर्ने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१