मधुमेह(चिनी रोग) ले कसरी आँखा बिगार्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०५:४१

काठमाडौँ । मधुमेहले दृष्टि समेत गुम्छ भन्ने त्यस रोगबाट ग्रसित धेरैलाई थाहा नहुन सक्छ।प्रायः मधूमेहका बिरामीले मलाई केही भएको छैन भनेर सोचेका हुन्छन्। त्यसैले उनीहरु अरु अंगको जाँच गर्न जाँगर चलाउँदैनन्। तर, चिकित्सक भन्छन्, मधूमेह भएकाहरुमा सबैभन्दा धेरै दृष्टि गुम्ने खतरा हुन्छ।

तिलगंगा आँखा प्रतिष्ठानकी रेटिना स्पेसलिस्ट डा।रबा थापाका अनुसार अरु सामान्य मानिस भन्दा दुई गुना बढी मधूमेह भएकाहरुमा दृष्टि गुम्ने जोखिम हुन्छ। मधूमेहका कारण दृष्टि गुम्ने बिरामीको संख्या बढ्दै गइरहेको डा.थापाको आँकलन छ।

किन दृष्टि गुम्ने खतरा ?
मधूमेहका कारण आँखाको भित्री पर्दामा चिल्लो उत्पन्न हुनुका साथै रेटिनाको रगतका नसाहरुमा रक्तश्राव हुन्छ। त्यसैका कारण मधूमेह रेटिनोप्याथी या आँखाको दृष्टि गुम्ने खतरा रहन्छ। त्यसैले मधूमेह पुष्टि हुनासाथ आँखाको पनि जाँच गर्नुपर्ने चिकित्सकको सल्लाह छ। मधूमेह भएका बिरामीलाई आँखा सम्बन्धी अन्य रोग उत्पन्न हुने जोखिम पनि हुन्छ।

दृष्टि कसरी बचाउने ?
दृष्टि बचाउन मधुमेह भएका बिरामीले नियमित जाँच गराउनुपर्ने डा। रबा बताउँछिन्। चिनीको मात्र नियन्त्रणमा राख्न औषधि खानुपर्ने नियमित खानुपर्छ। साथै सन्तुलित खानालाई प्राथमिकता दिनुपर्छ। विशेषगरी आइरन धेरै हुने हरियो सागपात, फलफुल खाने तर कार्बोहाइडे«डयुक्त खाना कम गर्नुपर्छ। धूमपान र मध्यपानबाट टाढै रहनुपर्छ। गर्भवती महिलाले मधूमेहको नियमित जाँच गर्नुपर्छ। यदि उनीलाई मधूमेह देखिएमा नियन्त्रण गरेर दृष्टि बचाउन सकिने डा। थापाको भनाइ छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१