‘जीवन रक्षासहित आत्मसमर्पण कार्यमा सहयोग गरिपाउ’ भन्दै लेखेको पत्र बाहिरियो, पत्रसंगै गोरेको पक्राउ नभई आत्मसमर्पण हुनसक्ने अनुमान (पत्र सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०५:०७

काठमाडौं । सुन तस्करी र सनम हत्या प्रकणका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेले आत्मसमर्पण गर्न चाहेको नयाँ रहस्य बाहिर आएको छ । उनलाई प्रहरीले भारतवाट पक्राउ गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो ।

गोरेको पक्राउ नभई आत्मसमर्पण हुनसक्ने अनुमान गरिएको छ । गोरेलाई प्रहरीले इन्काउण्टर गर्ने सूचना पाएपछि उनले आत्मसमर्पण गर्न चाहेको थाहा भएको छ । उनले सो चाहना ब्यक्त गरेर मानव अधिकार संगठनलाई पत्र समेत लेखेको भेटिएको छ । गोरेले ३ जेठमा नेपाल मानव अधिकार संगठनलाई पत्र लेखेर आत्मसमर्पण गर्न चाहेको भन्दै त्यसको ब्यवस्था मिलाउन अनुरोध गरेको छ ।

अपराध महाशाखाले उसको इन्काउन्टर नै गर्ने योजना बनाएको बताइएको छ । सो समाचार बाहिरिए पछि आत्मसमर्पण गरी सुन तस्करी प्रकरणका सबै जानकारी दिने व्यवस्था मिलाउ मानवअधिकार संगठनलाई अनुरोध गरेर पत्र लेखेका छन् ।

उसले छानबिन टोलीसँगै आत्मसमर्पण गर्न चाहेको पनि संगठनलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१