सन्दिपलाई विमानस्थलमा गरियो भब्य स्वागत

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०५:०१

काठमाडौं । आईपीएल खेलेर नेपाली चर्चित क्रिकेटर सन्दिप लामिछो स्वदेश फर्किएका छन् । हिजो दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका सन्दिपलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । स्वागतमा खेल पदाधिकारी तथा खेलप्रेमीहरुको बाक्लो उपस्थिति रहेको थियो । विमानस्थलमा नेपालको झण्डा लिएर समर्थकहरु उपस्थित हूँदा सन्दिप पनि भावुक देखिएका थिए । सुरुमा पत्रकार सम्मेलनमा बोल्दा निकै खुशी देखिएका सन्दिप जब राष्ट्रिय झण्डा सहित सर्मथकहरुले उनको सर्मथनमा नारबाजी गर्न थाले उनी केही भावुक पनि बने । जुन माहोल निकै नै हेर्न लायक थियो । उनलाई स्वागत गर्न भनेरै ठूलो संख्यामा खेल प्रेमीहरु विमानस्थलमा पुगेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१