आइएपिपि एसियाका अध्यक्ष ढकाल र बंगलादेशकि सभामुख चौधरी बीच भेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ जेष्ठ २०७५, बुधबार ०४:१३

ढाका । पूर्व मन्त्रि तथा इन्टरनेशनल अशोशियसन अफ पर्लियामेन्टरियन फर पिस (आइएपिपि) एशियाका अध्यक्ष एकनाथ ढकालले बंगलादेशको संसदकि सभामुख शिरिन शर्मिन चौधरी संग भेट बार्ता गर्नु भयको छ । ढाका स्थित संसद भवनमा सभामुखको कार्यकक्षमा भयको भेटमा एशिया प्रशान्त क्षेत्रको स्थायी शान्ति र संमृद्धिको खांतिर सरकार, संसद तथा नागरिक समाज बिचको सहकार्यको बारेमा कुरा भयको भेटमा सहभागी ढकालका सहयोगी टिका बिकले जानकारी दिनु भयो । भेटमा दुइ मित्र राष्ट्रको आपसी हितको बारेमा पनि कुरा भयको थियो । पूर्व मन्त्री ढकालले फिजीमा हुन गैरहेको आइएपिपि एसिया प्यासिफिकको शिखर सम्मेलनमा सहभागिताको लागि सभामुख चौधरीलाइ निमन्त्रणा पनि दिनु भयको छ । भेटमा बंगलादेशको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि अनिसुल हक र सांसद काजि फिरोज राशिद पनि सहभागी हुनुहुन्थ्यो । गत बर्ष आइएपिपि एसियाको अध्यक्षमा निर्बाचित ढकाल एशिया प्रशान्त क्षेत्रको शान्ति, शुशासन, सुरक्षा तथा विकास लगायतको बिषयमा विभिन्न राष्ट्रका संसद तथा सांसदहरु बीच साझेदारी विकास गर्न सक्रिय हुनुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१