स्थानीय तहमा १५ सैय्याको अस्पताल बनाउने – राष्ट्रपति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७५, मंगलवार ०५:१२

काठमाडौं । सरकारले आउँदो आर्थिक वर्षमा प्रत्येक स्थानीय तहमा १५ सैय्याको अस्पताल बनाउने भएको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा जारी प्रतिनिधिसभा र प्रदेशसभाको संयुक्त बैठकमा नेपाल सरकारको तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वर्षमा प्रत्येक स्थानीय तहमा १५ सैय्याको एउटा अस्पताल बनाउने बताएकी हुन् ।

प्रत्येक स्थानीय तहमा एक जना विशेषज्ञ चिकित्सकको व्यवस्था गर्ने बताएकी उनले प्रत्येक अस्पतालमा जेष्ठ नागरिक बेडको व्यवस्था गर्ने बताइन् । दुर्घटनामा परेकाहरुलाई उपचारका लागि ट्रमा सेन्टर स्थापना गर्ने जानकारी दिएकी उनले स्वच्छ पानी खाने पाउने नागरिकको अधिकार सुनिश्चित गर्ने बताइन् ।

सामान ज्यालाको व्यवस्था गर्ने भन्दै उनले श्रम क्षेत्रबाट आउने गुनासोलाई समाधान गर्न अर्धन्यायिक संस्था खोलिने छ । अहिले पनि राष्ट्रपति भण्डारीले संसद्मा सम्बोधन गरिरहेकी छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१