स्थायी कमिटीमा पूर्व एमाले कोटाबाट चार जना थपिए

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७५, मंगलवार ०४:४७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा पूर्व एमाले कोटाबाट चार जना थपिएका छन । जसमा बिष्णु रिमाल, रघुजी पन्त, बेदुराम भुसाल र रघुवीर महासेठ रहेका छन ।

अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा,सल्लाहकार परिषदका अध्यक्ष केशव बडाल,लेखा आयोगका अध्यक्ष डा.पुष्प कडेल र निर्वाचन आयोगका अध्यक्ष सोमनाथ प्यासी ४४१ सदस्यीय कमिटीमा आमन्त्रितमा रहने भएपछि तत्कालीन एमालेको भागमा रहेको कोटामा उनीहरु थपिएका हुन ।

थपिएका मध्ये रिमाल र महासेठ केपी शर्मा ओली निकटाका नेता हुन भने पन्त र भुसाल माधवकुमार नेपाल निकटका नेता हुन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०