राष्ट्रकवि घिमिरेलाई भेट्न अस्पताल पुगे प्रधानमन्त्री ओली, उपचार खर्च सरकारले व्यहोर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ जेष्ठ २०७५, मंगलवार ०४:४२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर त्यहाँ उपचारत राष्ट्रकवि माधवप्रसाद घिमिरेको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताउनुभएको छ । राष्ट्रकविको स्वास्थ्यवस्थाबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उहाँको उपचार गराउने प्रतिबद्वता व्यक्त गर्नुभयो ।

अस्पतलबाटै उहाँले राष्ट्रकवि घिमिरेको उपचारका सम्बन्धमा छिमेकी भारतस्थित सम्बन्धित चिकित्सकलाई टेलिफोन गरी आवश्यक परार्मशसमेत गर्नुभयो ।

राष्ट्रकवि घिमिरे एक साताअघि आन्तरिक रक्तस्राव बढेपछि अस्पताल भर्ना भइ उपचारत हुनुहुन्छ । आन्तरिक रक्तस्राव भएपछि अहिले हाई केयर युनिटमा राखेर उहाँको उपचार हुँदै आएको छ । उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१