बागमती सफाइका दुई सय ६२ साता पुरा (तस्बिर सहित )

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७५, सोमबार ०४:५७

काठमाडौ । शनिबार बाग्मती सफाई महाअभियानको पाँच वर्ष पुरा भएको छ। २०७० जेठ ५ बाट सुरु भएको नेपाल सरकार तथा विभिन्न सरकारी एवं गैर सरकारी संघसंस्थाको अगुवाईमा सुरु भएको महाअभियानले शनिबार पाँच वर्ष एवं दुई सय ६२ औ सप्ताह पुरा गरेको हो।

पाँच वर्ष अर्थात एक हजार आठ सय २५ दिनको सम्झनामा शनिबार बाग्मती र मनोहराको संगमस्थल शंखमुलमा एक हजार आठसय २५ दिप प्रज्वलन गरिएको छ। वन तथा वातावरण मन्त्री शक्ति बस्नेतको उपस्थितिमा अभियानको पाँच वर्षे कार्यकाललाई विशेष ढंगले मनाइएको हो।

अभियान सुरु भएको पाँच वर्षको अवधिमा बाग्मतीबाट १८ हजार टन ठोस फोहोर निकालिएको छ। यस अवधिमा झण्डै आठ लाखे स्वयमसेवीले अभियानमा सहभागिता जनाएका छन् भने एक हजार आठ सय संघसंस्थाले हैसेमा होस्टे गरेका छन्। पहिलेको तुलनामा बाग्मतीमा फोहोर फाल्ने प्रवृत्ति पनि कम भएको छ। तर अझै पनि बाग्मतीबाट स्वच्छ पानी बग्ने अवस्था भने सिर्जना हुन सकिरहेको छैन।

बाग्मती सफाइको पाँच वर्षको अवधिमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु हुदै आएका छन् । अभियानको ५० औ सप्ताह पुगेको अवसरमा तत्कालीन मुख्य सचिव तथा अभियान्ता लिलामणी पौडेलसमेतले गुहेश्वरीमा बाग्मती स्नान गरेका थिए।

एक सय सप्ताह पुरा भएको अवसरमा सुन्दरीजल देखि चोभारसम्म २८ किलोमिटर खण्डमा तत्कालिन प्रधानमन्त्री तथा सभामुखको उपस्थितिमा करिब एक लाख मानिसले नदीको दुवै किनारामा मानव साङलो बनाएर बाग्मती सफाइमा ऐक्यबद्धता जनाएका थिए। महाअभियानको दुइ सय सप्ताहको अवसरमा सुन्दरीजल देखि चोभारसम्म पदयात्रा र १० बुँदे घोषणा पत्र जारी गरिएको थियो। सुरुको एक सय सप्ताह बाग्मती नदीमा मात्र सिमित भएको सफाई अभियान हाल सहायक नदीहरुमा पनि विस्तार भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१