दुलाहा बनेका ह्यारीले रुँदै आँशु पुछेको तस्बिर बने भाइरल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७५, सोमबार ०४:३१

एजेन्सी । शनिबार वैबाहिक बन्धनमा बाँधिएका बेलायतका राजकुमार ह्यारी आफ्नै विबाहमा पनि रोएको अवस्थामा भेटीए । शनिबार उनले अमेरिकी पूर्वअभिनेत्री मेगन मार्कलसँग विहे गरेका हुन् ।

बेलायतको राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यास्टल (दरबार०) को सेन्ट जोर्जेज च्यापलमा आयोजित वैवाहिक समारोहमा ह्यारीले भावुक हुँदै आँशु खसालेको बिबिसीले तस्विर सहितको भिडियो समेत प्रशारण गरेको थियषे ।

दक्षिण एसियाका देशमा प्राय विहेमा विदाईको बेला दुलही भावुक हुँदै रुन्छिन्। तर, बेलायतको शाही विहेमा भने राजकुमार ह्यारी रोएका हुन्। दुलाहा बनेका ह्यारीले रुँदै आँशु पुछेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

खासमा राजकुमार ह्यारी आफ्नी आमा राजकुमारी डायनालाई सम्झेर भावुक भएका थिए। आमाकै सम्झनामा उनले वैवाहिक समारोहमा आँशु खसालेको बताइन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१