काठमाडौंमा यौन अखडामा प्रहरीको छापा, दुई यौनकर्मीसहित सात जनालाई पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७५, सोमबार ०४:१७

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ मयलबारी स्थित नाम समेत नभएको एक होटलमा प्रहरीले छापा मारेको छ । होटल सञ्चालन गरेको नाममा वेश्यावृत्ति गराउँदै आएको सर्वसाधारणको सुचनालाई पछ्याउँदै पुगेको प्रहरीले उक्त स्थानबाट अवैध यौन क्रियाकलापमा संलग्न दुई यौनकर्मीसहित सात जनालाई पक्राउ गरेको हो ।

रामेछापको बाम्ती भण्डार–२ स्थायी घर भएका होटलका मेनेजर विक्रम खड्कासहित अनैतिक क्रियाकलापमा संलग्न कञ्चनपुर घर भएकी रश्मि न्योपाने, सिन्धुलीकी सरिता कार्की, भारतीय नागरिक अंकित रेकवार र धादिङ्गका आकाश मगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१