३ ठुला खेलाडीको वेकेट लिएपछि सन्दिप लामिछानेले पत्रकार संग कुरागर्दै यसो भने (भिडियोसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७५, सोमबार ०३:५८

काठमाडौँ । सन्दिप लामिछानेले इन्डियन प्रिमियर लिग ९आईपीएल०मा उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । सन्दिपले दिल्ली डेयरडेभिल्सबाट मुम्बई इन्डियन्स विरुद्धको आइतबारको खेलमा चार ओभरमा ३६ रन दिँदै तीन विकेट लिए ।

आफ्नो तेस्रो खेलमा सन्दिपले पहिलो ओभरमै मुम्बई इन्डियन्सका प्रारम्भिक ब्याट्सम्यान सूर्यकुमार यादवको विकेट लिए । पहिलो ओभरमा उनले १३ रन खर्चेर एक विकेट लिएका थिए ।

सन्दिपले खेलको दशौँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गर्दै ६ रन खर्चेर महत्वपूर्ण दुई विकेट लिए । दशौँ ओभरको पहिलो बलमा उनले केरन पोलार्डलाई सात रनमा आउट गरे । त्यही ओभरको चौथो बलमा उनले कुर्नाल पाण्डेलाई व्यक्तिगत चार रनको स्कोरमा आउट गरे । सन्दिपको तेस्रो ओभर महंगो सावित भयो । उनले खेलको बाहौँ ओभरमा बिना कुनै विकेट १३ रन खर्चे । सोह्रौँ ओभरमा सन्दिपले निकै किफायती बलिङ गरे । आफ्नो चौथो ओभरमा उनले मात्र चार रन खर्चे ।

https://www.facebook.com/delhidaredevils/videos/1802445359776957/
 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०