ह्यारीको ऐतिहासिक बिवाहमा सरीक हुँदै प्रियंका, देखियो यस्तो दृश्य हेर्नुहोस यी ७ फोटोमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
७ जेष्ठ २०७५, सोमबार ०३:५३

एजेन्सी । पछिल्लो समय हलिउड सिरीयल क्वांटिको बाट सर्वत्र चर्चा कमाएकी बलिउड नायिका प्रियंका बेलायती प्रिन्स ह्यारी र मेघन मार्कलको बिवाहमा सरिक हुने अवशर पाएकी छन् ।

बलिउडसंगै हलिउडमा समेत काम गरेर चर्चा कमाएकी बलिउड नायिका प्रियंका चोपडाको मित्रता हलिउडदेखि राज खानदानसंग पनि बढेको देखिएको छ । विश्वको नै ध्यान खिचिरहेको बेलायती राजघरानाकोे विवाहमा सरीक हुन पाउने एक मात्र भाग्यशाली बनेकी छन् प्रियंका जसको कारण झन् उनको चर्चा बलिउडम चुलींदो छ । 

बेलायतका राजकुमारको बिवाहमा प्रियंकालाई कसरी निम्तो आयो होला भन्ने जिज्ञासा हुन सक्छ । वास्तवमा प्रियंका र मार्कल मिल्ने साथी हुन् । अमेरिकामा नै हुँदा एक इभेन्टमा मार्कलसंग प्रियंकाको भेटघाट भएको थियो त्यसपछि यी दुईबीच राम्रै मित्रता बढेको थियो ।

सन् २०१६ बाट सुरु भएको उनीहरुको मित्रताको कारण पनि उनले राजकिय बिवाहको साक्षी बन्ने मौका पाएकीछिन् । त्यसोत प्रियंकाले क्वांटिकोमा काम गर्दा मेघन मार्कलले धेरै पटक प्रियंकाको अन्तरवार्तासमेत लिएकी थिईन् । प्रियंका उनीहरुको बिवाहमा सरिक हुन लण्डन पुगिसकेकीछिन् ।

उनले सामाजिक सञ्जालमार्फत मार्कलका साथीहरु रमाईलो गर्दे गर्दाको तस्बिर सार्वजनिक गरेकीछिन् । राज परिवारको बिवाहमा सरिक हुने भएपछि प्रियंकाको बलिउडमा खुबै चर्चा भईरहेको छ । 

  

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१