काठमाडौं–निजगढ द्रुतमार्गमा निर्माण हुने अग्ला पुलको संख्या घटाएर सुरुङको लम्बाइ बढाउने सेनाको तयारी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०६:०२

काठमाडौँ । सेनाले काठमाडौं–निजगढ द्रुतमार्गमा निर्माण हुने अग्ला पुलको संख्या घटाएर सुरुङको लम्बाइ बढाउने विषयमा अध्ययन थालेको छ । सातदोबाटोबाट हेटौंडा जोड्ने कान्ति राजपथसँग केही स्थानमा जुध्ने भएपछि सेनाले त्यसलाई असर नपर्ने र कुल लम्बाइ पनि घट्ने गरी सडक विभागसँगको समन्वयमा तीन किलोमिटरभन्दा बढी सुरुङमार्ग बनाउने योजना बनाएको हो ।
सेनाले ७६ दशमलव २ किमिमध्ये ५४ किमिमा ठेक्का प्रबन्ध गरेर वर्षायाममा समेत काम अघि बढाउने भएको छ। द्रुतमार्ग निर्माणका लागि २४ कम्पनीले ठेक्का पाएका छन् भने फिल्डमै पुगेका २३ मध्ये २१ कम्पनीले फरक–फरक जिम्मेवारीमा काम गरिरहेका छन्। सेनाले आफ्नोतर्फबाट पनि काम अघि बढाइरहेको छ।

द्रुतमार्गका लागि आवश्यक पर्ने उपकरण, भौतिक पूर्वाधार, इन्धन व्यवस्था र काम गर्नेहरू बस्ने १० शिविर ९पाँच स्थायी र पाँच अस्थायी० बाट काम भइरहेको हो। रूख कटान, कतिपय स्थानमा सकिएको छ। अहिले रिटेनिङ वाल लाउने, कटान गर्ने र ड्रेनको काम भइरहेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०