यौन सम्पर्कमा रुची भएन भने के गर्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०५:३३

२२ देखि २८ अक्टुबरसम्मलाई ‘यौन सचेतना सप्ताह’ मनाइँदैछ। यसको उद्देश्य यौनका विषयमा जागरुकता बढाउनु हो। यो शब्द ती मानिसका लागि प्रयोग गरिन्छ, जसको यौनप्रति रुची हुँदैन। यौनप्रति वितिष्णा कुनै बिरामी या असन्तुलन होइन। यो यस्तो यौन प्रवृत्ति हो जो महिला या पुरुष कसैलाई पनि हुन सक्छ। सेक्शुअलिटी इण्डियाका सहसंस्थापक पूर्णिमा कुमारका अनुसार जसरी मानिसहरु विपरित लिंगप्रति आकर्षित हुन्छन्, त्यसैगरी केही मानिसहरु समान लिंकप्रति पनि आकर्षित हुन्छन्। ठिक त्यसै गरी केही मानिस यस्ता पनि हुन्छन्, जो कसैप्रति पनि आकर्षित हुँदैनन्। यस्ता मानिस एसेक्शुअलको श्रेणीमा आउँछन्।
एसेक्शुअलिटी भारतको एक अनलाइन पोर्टल हो, जो भारतका एसेक्शुअल मानिसलाई आफूजस्ता अन्य मानिसलाई जोड्ने अवसर प्रदान गर्छ।

पूर्णिमाले भन्छिन, ‘तत्काल एसेक्शुअलिटीका धेरै जसो घटना ठूला सहरमा देखिएको छ।’ उनका अनुसार सेक्शुअलिटीको अर्थ होइन की, त्यस्ता मानिस यौन सम्पर्क गर्न सक्दैनन्। शारीरिक रुपमा पूरै फिट भएपनि कसैलाई यौन सम्पर्कमा कुनै रुची नभएको पनि हुन सक्छ । शारीरिक सम्बन्धका चार चरण सेक्शुअल मेडिसिनका सल्लाहकार पद्मश्रीबाट सम्मानित डा। प्रकाश कोठारीका अनुसार एसेक्शुअलिटी जेनेटिक स्ट्रक्चर हो, बाँकी यौन इच्छाजस्तै यो पनि पैदा हुन्छ। उनका अनुसार असेक्सुअल मानिसले पनि सन्तान पैदा गर्न सक्छन तर सबैलाई यस्तो इच्छा नहुन पनि सक्छ।

डा। कोठारीका अनुसार शारीरिक सम्बन्धका चार चरण हुन्छन्। इच्छा, अराउजल, प्रवेश र चरमोत्कर्ष। एसेक्शुल मानिसलाई पहिलो चरण अर्थाच इच्छा नै हुँदैन। यसै कारण यदि यौन सम्पर्क भइहाले पनि एसेक्शुअल पार्टनरको सहयोग पाउन मुस्किल हुन्छ।

कस्तो प्रकारको यौन सम्पर्कले रुचीमा असर पर्छ रु
डाक्टरहरुका अनुसार कयौं पटक जीवनशैलीसँग जोडिएको असन्तुलन जस्तै हार्मोनल, असन्तुलन, थाइराइट, डाइविटिजका कारण शुक्रकिटको कमीका कारण यौन सम्पर्कमा रुचीको कमी हुन सक्छ। यदि तपाइँलाई पनि त्यस्तो भएको अनुभव छ भने युरोलोजिस्टको सल्लाह दिनुहोला। बीबीसी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१