अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको तेस्रो संस्करण सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०४:५८

काठमाडौँ । ट्रेकिङ एजेन्सीस् एसोसिएसन अफ नेपाल (टान) ले आयोजना गरेको तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथुन ुब्मखभलतगचभ क्उयचतक ायच क्गकतबष्लबदभि त्यगचष्कm’भन्ने नारा सहित सम्पन्न भएको छ । यस म्याराथुनले लाङटाङ क्षेत्रलाई विश्वमै उत्कृष्ट साहसिक खेलकुदको लागि अन्तराष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा चिनाउन योगदान पु¥याएको छ ।

टानका अध्यक्ष नवराज दाहालको उपस्थितिमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीज्यूले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । ४२.१९५ कि.मि.  को म्याराथुन क्याङजिङ गोम्पा देखि सुरु हुँदै घोडातबेला , लामा होटल, रिम्चे ,शेर्पागाउँ, खान्जिम, व्रीदिम, लिङलिङ हुँदै स्याफ्रुवेंसीमा आएर समापन भएको थियो ।

कुल १०० जना धावक सहभागि म्याराथुनमा ९५ जना नेपाली र ५ जना बिदेशीहरुको सहभागीता रहेको थियो । पुरुष तर्फबाट नेपाल आर्मीका खगेन्द्र भाटले ३ घण्टा ४९ मिनेट २७ सेकेण्डमा उक्त म्याराथुन पुरा गर्दै प्रथम भएका थिए । यसैगरी नेपाल आर्मीका भरत खत्रीले उक्त दुरी ४ घण्टा ६ मिनेट १८ सेकेण्डमा पुरा गर्दै दोस्रो भए भने आर्मीकै सुवास खत्रीले ५ घण्टा ५२ मिनेट २० सेकेण्डमा उक्त दुरी पार गर्दै तेस्रो स्थान ओगट्न सफल भएका थिए ।

महिला तर्फ सोलुखुम्बुकी निरकाला कुलुङ राईले ४ घण्टा ५७ मिटेन १३ सेकेण्डमा दुरी पुरा गर्दै पहिलो स्थान जितेकी थिईन् । दोस्रो स्थान सोही ठाउँका पूर्णमाया राइले ५ घण्टा २६ मिनेट १९ सेकेण्डमा पुरा गरेकी थिईन् । त्यसैगरी नेपाल आर्मीबाट सरिता बासीले ५ घण्टा ५२ मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै तेस्रो भएकी थिईन् ।

पहिलो हुनेले रु। १,०५,००० दोस्रो हुनेले रु।७८,७५० र तेस्रो हुनेले रु। ५२,५०० नगद पुरस्कार सहित पदक र प्रमाणप्रत्र प्राप्त गरेका छन् ।

माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले टानद्वारा तिन बर्षदेखि निरन्तर आयोजित यस म्याराथुनले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पु¥याएको बताए । २०७२ सालको विनाशकारी भुकम्पले क्षति पू¥याएको लाङटाङ क्षेत्रमा टानले आयोजना गरेको अन्तराष्ट्रिय लाङटाङ म्याराथूनले यस क्षेत्रमा पर्यटकको संख्यामा वृद्धि भएको कूरा बताए । उनले पर्यटन उद्मोगकै माध्यमबाट देशमा आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएको भन्दै पर्यटकीय क्षेत्रका स्थानिय बासिन्दा र व्यवसायीको सकारात्मक सहयोग हुँदा मात्रै सफल हुने बताए ।

टानका प्रथम उपाध्यक्ष जिवन थापा मगरले साहसिक पर्यटनको प्रबद्र्धनमा जोड दिनुपर्ने तर्क दिए । “नेपाल ट्रेकिङ्गको लागि मात्रै लोकप्रिय नभई साहसिक खेलकुद गन्तव्यको देश भनेर चिनाउने उदेश्यले आगामी दिनहरुमा यस्तै किसिका कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्घता गरे ।

प्रतिनिधिसभा सदस्य माननीय मोहन आचार्यले यस म्याराथुनबाट लाङटाङ क्षेत्रलाई साहसिक खेलकुद गन्तव्य बनाउन राष्ट्रि«य तथा अन्तराष्ट्रिय मिडियाहरुद्वारा प्रवद्र्धन गरेर पर्यटकहरुको संख्यामा वृद्धि हुने कुराको जानकारी दिए ।

कार्यक्रमको समापन गर्दै कार्यक्रम संयोजक ऋतु ग्याम्दानलेयस म्याराथुनको भव्य सफलताको लागि सहयोग गर्नुहुने सबै सहयोगकर्ता, प्रायोजक र सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै टान अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको तेस्रो संस्करणले लाङटाङ क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा अभिवृद्धि हुने कुरा बताइन् ।

कार्यक्रमको उद्धघोषक टान कार्यसमितिका सदस्य राजन प्रसाद काप्रीले गरेका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१