पुरुष पीडक देबी पौडेल साइबर क्राइमको मुद्धा परेपछि फरार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०४:५४

अधिकारकर्मी पनि फरार अभियुक्त पौडेल जोगाउने अभियानमा
काठमाडौ । पुरुष पीडक देबी पौडेलले सामाजिक संजालहरुमा निरन्तर जथाभाबी लेख्न थाले पछि अहिले उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि केही समय देखि फरार भएकी छिन ।
रमा पन्थीले पर्याप्त प्रमाण सहित साइवर क्राइम गरेको मुद्धा प्रहरी परिसर टेकुमा दर्ता गराएपछि पौडेल फरार भएकी हुन ।
सामाजिक संजालहरुमा यौन पिपासु , अपराधी जस्ता अनेक लेख्नै नमिल्ने शब्दहरु लेखि ज्ञवाली , पन्थी मात्र होइन खानेपानी मन्त्री प्रचण्डकी बुहारी बीना मगर लगायतलाई समेत जथाभाबी पोष्ट गर्ने गरेका प्रमाणहरु मुद्धामा उल्लेख गरिएको छ ।
यस अघि पनि साइबर क्राइमको मुद्धामा उनी ५ दिन थुनामा परेकी थिइन । सो मुद्धामा जिल्ला अदालत काठमाडौले १० हजार धरौटी लिइ तारेखमा छोडेको थियो ।
प्राय पुरुषबाट महिला पीडित भएको समाचार आउने त गरेकै हुन तर एउटा महिलाबाट पुरुषमाथि कति अत्याचार हुदो रहेछ भन्ने कुरा चितवन मंगलपुरकी देबी पौडेलले गुल्मीका शंकर ज्ञवालीमाथि गरेको ब्यबहारले महिला पनि कति पीडक हुदा रहेछन भन्ने प्रष्ट भएको स्वयं प्रहरी अधिकारीले बताउने गरेका छन ।
बिबाह गरेको पहिलो दिन देखि शंकर ज्ञवाली र देबी पौडेलबीच राम्रो संबन्ध भएन । तीन चार बर्ष जेनतेनसंगै बसे एउटा बच्चा पनि जन्मियो तर त्यसपछि संगै बस्ने स्थिति हुदै नहुने देखिएपछि शंकर ज्ञवालीले संबन्ध बिच्छेदका लागि काठमाडौ महानगरपालिकामा निवेदन दिए र प्रकृयामा अदालतमा मुद्धा दर्ता गराए ।
देबी पौडेलले स्वीकार नगर्दा नगर्दै पनि दुइबीच संबन्ध निरन्तर रहने स्थिति नदेखिएपछि उच्च अदालतले संबन्ध बिच्छेदको निर्णय पनि गर्यो तर देबी पौडेलले सबन्ध बिच्छेद पनि गर्दिन संगै पनि बस्दिन शंंकर ज्ञवालीलाई जीबनभरि सहज ढंगले काम गरेर खान दिन्न दुख दिएरै छोडछु भनी उच्च अदालतको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दिने काम गरिन ।
यथार्थ र सत्यता जे सुकै भएपनि महिलाको मुद्धा निशुल्क बोकेपछि डोनरहरुले सहयोग गर्ने चलन भएको र एजीओकर्मीलाई त्यसबाटै ठुलो राहत हुने भएको हुने हुनाले देबी पौडेलको नाममा एफडब्लु एलडीकी मीरा ढुगानाले कानुन ब्यबसायीको काम गर्दे आएकी छिन । २०६६ मंसिर १ गते देखि ज्ञवाली र पौडेलसंगै बस्दैनन तर देबी पौडेलले शंकर ज्ञवाली बिरुद्ध घरेलुहिसा गरेको भनी प्रहरी तथा अदालतमा पटक पटक उजुरी र मुद्धा हाल्ने काम गरेकी छिन ।
अदालतमा मुद्धा हाल्ने अनि बिभिन्न पार्टी कार्यालयमा कारबाही गर भनी उजुरी दिने, बिप्लब माओबादीमा गएर शंकर ज्ञवालीलाई कडा कारबाही गर भनी दिने, ज्ञवालीले काम गर्ने ठाउमा गएर जथाभाबी बोल्ने, बेइज्जती गर्ने, महिला भएपछि जति पीडा दिएपनि पुरुष नै गल्ती हो भन्ने पार्नका लागि सबैतिर पुगेर रोएको नाटक गर्ने र सामाजिक संजालहरुमा जथाभाबी लेख्ने सम्मका काम गर्ने गर्दा पनि मीरा ढुगाना, मोहना अन्सारी, धनकुमारी सुनार, कमला हेमचुरी, मालती बस्नेतहरु शंकर ज्ञवालीबिरुद्ध निरन्तर लागेको बुझिएको छ ।
नेकपा एमालेमा पनि उजुरी परेपछि काठमाडौ बिशेष जिल्ला कमिटीले बनाएको छानबिन कमिटीले देबी पौडेलको् दुख दिने मात्रै नियत भएको निष्कर्ष निकालेको थियो । शंकर ज्ञवालीले पढाउने गरेको कन्या क्याम्पसले दुबैलाई मिल्ने भए मिलाउने नभए कसरी दुबैलाई हित हुन्छ भनी सोही क्याम्पसका प्राध्यापकहरुले बसेर मिलाउन खोज्दा देबीले मिल्ने पनि हुदैन संगै बस्ने पनि हुदैन शंकरलाई जसरी हन्छ पीडा दिएरै छोडने हो भन्ने कुरा गरेपछि मिल्ने बाटो त्यहाबाट पनि बन्द भएको थियो ।
महिलाले जति गल्ती गरेपनि गल्ती नदेख्ने, महिला र पुरुषलाई मिलाएर समन्वय गर्ने भन्दा मुद्धा थप्दै लगेमा डोनरलाई महिलाको पक्षमा यति धेरै काम गरेका छौ भन्ने देखाउन पनि कतिपय महिलाहरु लागिरहेका छन ।
देबी पौडेलका दाजु मैयादेवी कन्या क्याम्पस, भरतपुरका प्राध्यापक तेजेन्द्र प्रसाद पौडेलले अबसंगै बस्ने स्थिति नै नभएपछि संबन्ध बिच्छेदमै जाउ र उच्च अदालतले गरेको फैसाला अनुसार सम्पत्ति लिएर आपनो भबिष्य बनाउनेतिर लागौ भनी बारंबार आग्रह गर्ने गरेको तर अधिकारकर्मी भन्नेहरुले आफ्नो खेतीपाती जोगाइराख्न कुनै पनि हालतमा छोडनुहुदैन भन्ने गरेको कारण परिबार र स्वयं देबी पौडेल पनि अन्यौलमा परेको पारिबारिक स्रोतले बताएको छ ।
तिनै अधिकारकर्मीको आडमा शंकर ज्ञवालीको गलफ्रेण्डकोरुपमा रहेकी भनिएकी रमा पन्थीको नाममा रहेको फ्ल्याट देबी पौडेलले कब्जा गरेर बसेकी छिन्, अदालतको आदेश बिना घर जग्गा कब्जा गर्नु भनेको कानुन आफनो हातमा लिनु हो । शंकर ज्ञवालीको शेयर, बैकका एकाउण्ट बन्द गराई आफ्नो नाममा गराउने जस्ता काम पनि देबी पौडेलले गराइसकेकी छिन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१