प्रधानमन्त्री कप जेठ क्रिकेट जेठ १३ गते देखि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०४:५०

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसिय क्रिकेट प्रतियोगितार्लाइ अस्ट्रेलियाको एक्सेल्सिया कलेजले मुख्य प्रायोजन गरेको छ । नेपालयका प्रबन्ध निर्देशक सुवास प्रधान र एक्सेल्सियाका मार्केटिङ हेड बबी अब्राहमले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सम्झौता पत्रमा हस्ताक्षर गरे ।

कलेजले २४ हजार अस्ट्रेलियन डलर प्रायोजन गरेको बताइएको छ । सिग्नेचरले प्रतियोगितालाई सह प्रायोजन गरेको बताइएको छ । तर, सह प्रायोजनको रकम भने खुलाइएको छ । सोहि कार्यक्रममा प्रतियोगितामा सहभागी टोलीका खेलाडीले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो । एक्सेल्सियाका अब्राहम र नेपालय प्रधानले सार्वजनिक गरे ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजना र नेपालय इन्टरनेशनलको ब्यवस्थापनमा प्रधानमन्त्री कप जेठ १३ गते कीर्तिपुरस्थित त्रिवि मैदान र मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । सात प्रदेश र ३ विभागिय टोली गरि सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

त्रिभुवन आर्मी क्लब, एपिएफसहित समूह ‘ए’ मा प्रदेश नम्बर १, २ र ४ छन् । त्यस्तै नेपाल पुलिस क्लब प्रदेश नं ३,५, ६ र ८ समूह ‘बी’मा छन् । प्रतियोगिताको उद्घाटन खेल एपिएफ र प्रदेश नं ४ बीच हुनेछ । प्रधानमन्त्री कपको विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यस्तै, म्यान अफ द सिरिजलाई १ लाख, उत्कृष्ट व्याट्स्म्यान र बलरलाई समान ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उदयीमान खेलाडीलाई १५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ प्रदान गरिने बताइएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१