मिस टिन पूर्वाञ्चल प्रदेश नम्बर १ कोे छनौट झापाको बिर्तामोडमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०४:४०

बिर्तामोड । वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा १३ बर्षदेखि १९ बर्ष उमेर समूहका किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मिस टिन पूर्वाञ्चल प्रदेश नम्बर १को चौथो संस्करणको छनौट झापाको बिर्तामोडबाट शुरु भएको छ ।
वीरता जेसीज बिर्तामोड र बिर्ता मिडिया एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा शनिवार बिर्तामोडमा भएको छनौटमा भाग लिएका मध्ये ८ जना प्रतियोगी छनौट भएका छन् । उनीहरुलाई मोडल मिना मादेन नुमाफुङ, फेशन डिजाइनर, विवेश राई, राज शर्मा, प्रितम सम्वाहाम्फेको निर्णायक टिमले छनौट गरेको कार्यक्रम संयोजक राज सुब्बा लावतीले जानकारी दिए ।
उक्त प्रतियोगिताका लागि इलाम, दमक, इटहरी, गाइघाटमा छनौट गरी आगामी जेठ १२ गते बिर्तामोडमा फाइनल अडिसन गरी प्रतियोगी छनौट गरिने कार्यक्रम निर्देशक एलसी श्रेष्ठले जानकारी दिए । प्रतियोगिताका लागि छनौट भएका प्रतियोगीहरुको आगामी जेठ १४ गतेदेखि बन्द प्रशिक्षण शुरु हुने र बन्द प्रशिक्षणमा विभिन्न व्यक्तिहरुले प्रशिक्षण प्रदान गर्ने उनले बताए ।
आगामी असारको पहिलो साता प्रतियोगिताको फाइनल गरिने र प्रतियोगिताको उपाधि विजेतालाई बिर्तामोडस्थित बोस्टन एजुकेशन फाउण्डेशनको सहयोगमा अम्बिका नर्सिङ एण्ड पारामेडिकल कलेज बैंग्लोरले नर्सिङमा शतप्रतिशत छात्रबृत्ति, फस्ट रनरअपलाई ५० प्रतिशत छात्रबृत्ति र सेकेण्ड रनरअपलाई २५ प्रतिशत छात्रबृत्ति प्रदान गरिने उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१