करोडौं पर्ने कार अलपत्र, सरकारलाई भयो टाउको दुखाई (फोटोमा हेर्नुहोस)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०४:३३

एजेन्सी । विलासी कार किन्ने सपना जोकोहीले देखेको हुन्छ । तर यूएईको दुबईमा वर्षौंदेखि संसारका महंगा कारहरू अलपत्र छोडिएका छन् । यस्ता हजारौं अलपत्र कारको मूल्य करोडौं पर्छ ।

विगत केही वर्षयता दुबई प्रहरीले अलपत्र कारको तीनहजारभन्दा बढी मुद्दा दर्ता गरेको छ । त्यसमा २३ कार त संसारमै सबभन्दा महंगो थियो । त्यहाँ धेरैजसो कार एयरपोर्टमा भेटिन्छन् । 

यस्ता अलपत्र कार हजारौंको संख्यामा भेटिएपछि कारण खोज्दै जाँदा दुबईको कानूनले गर्दा यसो भएको पाइयो । यस कानूनको हिसाबमा तपाईंले चेक वा उधारोमा कुनै कार किनेमा चेक बाउन्स भयो भने जेल जानुपर्छ ।

रमाइलो कुरा त केही मानिसले यो कानूनको मजाक बनाए । केहीले कीर्ते चेकमार्फत कार किने अनि त्यसमा मज्जाले घुमे अनि चेक बाउन्स भएपछि अलपत्र छोडेर हिँडिदिए । 

दुबईको विमानस्थलमा आठ करोड पर्ने फरारी एन्जो सुपरकार पनि अलपत्र अवस्थामा भेटियो । कबाडीजस्तो गरी धूलो खाइरहेको कारको मालिकका बारेमा प्रहरीले केही पत्ता लगाएन र त्यसको रजिस्ट्रेसन नम्बर पनि थाहा पाएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१