सरकारका नीति कार्यक्रम र हाम्रो दायित्व

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ जेष्ठ २०७५, आईतवार ०४:२५

किरण पौडेल/ बरिष्ठ उपाध्यक्ष- युवा संघ नेपाल नेपाली युवा आन्दोलनले हामीलाई दिएका कार्यभारहरु सम्पन्न गर्ने क्रममा युवाहरुको हक हित र अधिकारका बिषयहरु उठान गर्ने, संस्थागत गर्ने र संबैधानिक सुनिस्चितता दिलाउनका लागि जे जति उपलब्धिहरु आजका दिनसम्म हासिल भएका छन, ति सबै उपलब्धिहरुको मुख्य श्रेय युवासंघ नेपाललाई नै जान्छ । यस अर्थमा पनि युवासंघ नेपाल नै नेपाली युवा आन्दोलनको एक अगुवा र नेतृत्वदायी संगठन हो । राष्ट्रियता र लोकतन्त्र , जनजीबिका र जनसरोकार, सामाजिक न्याय र श्रृजनशील अभियान आदी हरेक क्षेत्र र मुद्दाहरु सँग सम्बन्धित हाम्रा गतिबिधी र अभियानहरु एक अतुलनिय र पायोनियर इनिसियसनका रुपमा स्थापित भईसकेका छन ।

अहिले हामी राजनीतिक क्रान्तिको महत्वपूर्ण अध्याय सम्पन्न गरी मुलुकको आर्थिक क्रान्ति तर्फको यात्रा आरम्भ गर्दैछौ र यो टर्निङ प्वाईन्टबाट अघि बढीरहदा आर्थिक बिकास र समृद्दिका अभियानहरु सँग सँगै नेपाली युवाहरुको समुन्नत बिकासका लागि समेत हाम्रो अभियान जारि रहनेछ ,नेपाली युवा हरुको चौतर्फी क्षमताको बिकास गर्दै अन्तराष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा योग्य युवा पक्ति निर्माण गर्ने गरी हाम्रा कार्यक्रमहरु तय हुनेछन । आज सम्मका हाम्रा सम्पूर्ण अभियान र उदेश्यहरु अधिकार प्राप्तीका निम्ती केन्द्रित भए र त्यही उदेश्य प्राप्तीकालागि नै संगठन निर्माण र बिस्तार र परिचालनका अनेकौ श्रृखलाहरु पार गरियो । आज एक किसिमले ती उदेश्यहरु प्राप्ती भईसकेको अवस्था छ यद्यपी उपलब्धिहरुको रक्षा र प्रभाबकारी कार्यान्वयनमा अझै पनि ध्यान दिनु पर्ने छ । राजनीतिक क्रान्तिको एक मूल अध्यायको समाप्ति पश्चात त्यस लगत्तै हाम्रा रुपान्तरित कार्यभार र कार्य्दिशा तर्फ हाम्रो आन्दोलन अघि बढ्नेछ भनी हिजोका दिनमा हामीले लिएका प्रतिबद्दता मुताबिक हामी अघि बढ्दै छौ ।

हाम्रा तीन पुस्ता देखिका अग्रजहरुले सम्पूर्ण जीबन राजनितिक परिवर्तन कै लागि सुम्पिए र संघर्षका अनेक मैदानमा आफुलाई समर्पित गराए । हाम्रो पुस्ता यो अर्थमा पनि सौभाग्यशाली छ कि हामीले अनेक राजनितिक घटना पारिघटना सँङ्गै राजनीतिक क्रान्तिको महत्वपूर्ण उपलब्धीहरु आफ्नै सामु हासिल गर्न सफल रहयौ र अनुभुत गर्न सक्यौ ।मुलुकको दिगो उन्नती र सन्ततिको खुशी र उज्वल भबिश्यका निम्ती केन्द्रित हाम्रा अग्रजहरुको बलिदानीपूर्ण संघर्षको प्रतिफल दिने चरणको संघर्शको अर्को मुख्य कमाण्ड सम्हाल्ने जिम्मेवारी अहिले हाम्रो काँधमा आईपरेको छ ।

हामी सँगै राजनीतिक तथा सामाजिक विकासक्रम शुरु भएका विश्वका धेरै राष्ट्रहरु आज हामी भन्दा धेरै अगाडि बढीसकेका छन् । केही बर्ष अघि हामीले आफुभन्दा पछाडि देखेका मुलुकहरुले समेत हामीलाई उछिनिसकेको अवस्था छ । दुनियाँमा राज्यको उत्पत्ति नहुँदै हाम्रा पुर्खाहरुले सभ्यता र संस्कारका अनुपम उदारहणहरु संसारमाझ प्रस्तुत गरिसकेका थिए । बिश्व शान्तिको सन्देश यही भूमीबाट प्रस्फुटित भयो । दुनियाका धेरै देशहरु अन्नपानीको अभावमा भोकमरिले ग्रस्त हुँदा विश्वका केही निर्यातकर्ता मुलुकको सुचिमा नेपालको नाम दर्ज थियो ।

यस्तो गौरवमय इतिहास र अद्धितिय सफलताको गाथा बोकेको हाम्रो देश र युवाको अवस्था किन अस्वाभाविक ढंगबाट गुज्रिरहेको छ रु हामीसँगै राजनीतिक बिकाशक्रम शुरु भएका बिभिन्न देशका युवाहरुको जिबन स्तर, पहुच र हैसियत हामीले देखिरहेका छौ तर नेपाली युवाहरु अझै पनि गरीबी, बेरोजगारी, पछौटेपन लगायतका समस्याहरुबाटै ग्रसित छन । ति वीर पुर्खाको रगत प्रवाहित युवाहरु, दुनियाँभर ज्ञानको ज्योति छरेका विद्वान पुर्खाका मस्तिस्कको जेनेटिक मेमोरीलाई अझ एड्भाण्सड रुपमा बोकिरहेका लाखौं नेपाली युवाहरु सामान्य जिबिकोपार्जनका लागि युरेनियम र सुन, चाँदी माथि सुतिरहेको देश छाडेर ५०–५५ डिग्री तापक्रममा परदेशको बालुवामा पसिना बगाउदै जिवन ज्यून वाध्य छन । असुरक्षित जिबन, पारिवारीक बिघटन, डिप्रेसन र फ्रस्टेसन बाट ग्रसित छन ।

अपबाद बाहेक हरेक राष्ट्रलाई धनी हुनका निम्ती केही न केही बिशेषता पकृतिले दिएको छ । प्राकृतिक स्रोत साधनकै उपयोगका कारण केही राष्ट्रहरु विश्वकै धनी र सुखी राष्ट्र हुने तर नेपाल जस्ता प्राकृतिक स्रोत साधनले सम्पन्न केहि देशका जनताहरुनै किन गरीब हुनु पर्ने रु त्यहांकै राजनीति किन सधैं अस्थिर रु विश्वकै ठूला सुनका भण्डार मध्यको एक सुडान किन अघि बढ्न सकिरहेको छैन रु पेट्रोलियम र अन्य स्रोत साधनले सम्पन्न कयौं देशहरुमा ब्याप्त राजनीतिक अस्थिरता के त्यहाका जनताले नै निम्यएका हुन त रु अथवा जनताकै चाहना हुन त रु सुन, चाँदि, पेट्रोलियम देखी युरेनियमका भण्डारमाथि सुतिरहेको नेपाल आज किन गरीब रु के नेपाली युवाहरुले यस्तो नियती भोग्न सुहाउछ रु आम युवाहरुलाई अब हामीले यि प्रश्नहरुको जवाफ दिंदै यस्को दिगो समाधानको बाटो तर्फ डोर्याउनु जरुरी भै सकेको छ ।

किनकी हामीलाई फेरी पनि हाम्रा सन्ततिका लागि मात्र भन्ने छुट छैन । हामी धेरै पछाडि परिसकेका छौ । आफ्नै जिबनकालमा यही पुस्ताले महसुस गर्नेगरी देशलाई द्रुत बिकासको बाटोमा अघि बढाउनु छ । यि हाम्रा सम्पूर्ण उद्देश्य प्राप्तीको यात्रा तय गर्नु अगाडी राष्ट्रिय स्वाभिमान र राष्ट्रिय एकताको मूल प्रवाहमा आम युवाहरुलाई प्रवाहित गराउनु जरुरी छ । राष्ट्रिय स्वाभिमानको रक्षाका निम्ती त्यस बिरुद्द हुने अनेक किसिमका नाजायज गतिबिधीका बिरुद्ध सशक्त युवा परिचालन गर्ने र सम्पूर्ण युवाहरुमा राष्ट्रप्रेम को भावना पैदा गराउने, कन्ट्री फस्र्ट भावना बिकास गराउने गरी त्यस तर्फ हाम्रो मुख्य चासो र तदारुकता रहनेछ ।

विकास निर्माण केन्द्रित सरकारका हरेक कार्यक्रमको प्रचार प्रसार गर्ने, आम जनमानस माझ पुराउने र सरकारका अभियानमा जनएक्यबद्धता जुटाउने गरी संघ अघि बढ्नेछ । पार्टी नेतृत्वको सरकारका बिरुद्ध नियोजित रुपमा फैलाईएका अफवाह र भ्रमहरुको कडा प्रतिबाद गर्ने युवा पंक्ति निर्माण र परिचालन गर्नु अर्को मुख्य जिम्मेवारी हाम्रो काँधमा आइपरेको छ । भर्खरै सम्पन्न संघको केन्द्रिय कमिटी बैठकले संघ भित्र सृजित गतिरोधहरुको अन्त्य गरी संगठनलाई एकताबद्ध रुपमा अघि बढाउदै आगामी असोजको पहिलो हप्ता राष्ट्रिय माहाधिवेशन सम्पन्न गर्ने गरी आयोजक कमिटिको पुनर्गठन समेत गरेको छ ।

यो पुर्नर्गिठत कमिटिको मुख्य उदेश्य तोकिएको समयसिमा भित्र अधिवेशन सम्पन्न गराउनु त छदै छ त्यस अलावा अहिलेको अवस्थामा संगठनको मूल जिम्मेवारी भनेको पार्टी नेतृत्वको सरकारले अघि सरेका निती कार्यक्रमलाई सफल पार्न सशक्त युवा परिचालन गर्दै राज्यको अभिन्न सहयोगिको रुपमा प्रस्तुत हुने ढंगले संघ अघि बढ्नेछ । रास्ट्र निर्माणका लागि आवश्यक मूल स्पिरिट नागरिक दायित्वबोध र सचेतनाका अभियानहरु सञ्चालन गर्नका लागि संघका हरेक मतहत कमिटीहरु सोही ढंगले परिचालित हुनेछन

युवा उधमशिलता तथा रोजगार निर्माण

रोजगार बजारको अहिलेको अवस्थालाई अध्ययन गर्दा मुलत ४ प्रकारका क्षेत्रहरु क्षेत्रहरु हामी पहिल्याउन सक्छौ बैदेशिक ,डोमेस्टिक ,स्वरोजगार र आउट सोर्सिङ ्र राष्ट्र निर्माणको नयाँ गतिका साथ अघि बढीरहेको अवस्थामा मुलुकलाई हरेक क्षेत्रमा आवश्यक पर्ने जनशक्तीको पूर्ण विवरण तयार पारी त्यही अनुसारको मानब सन्शाधन को बिस्तृत मास्टर प्लान निर्माण गर्नु जरुरी छ । एक्याडेमिक र भोकेसनल ग्राजुएट, मध्यम र निम्न सिप युक्त जनशक्तीको बर्गिकरण, बिन्यास र परिचालनको निम्ती आफ्नो तहबाट हुन सक्ने सहयोग र समन्वयका लागि पहल कदमी लिने छौं ।

बैदेशिक रोजगारका सन्धर्भमा अदक्ष जनशक्ती सामान्य प्रतिफलका लागि अत्यन्त कडा र जोखिम युक्त रोजगारीका लागि भईरहेको युवा पलायन लाई रोक्नु जरुरी छ । बैदेशिक रोजगार आँफैमा गलत हैन संसार भर चलेको ट्रेण्ड हो । बिकसित र धनी राष्ट्रका युवा हरुपनि अन्य मुलुकमा श्रम बेचिरहेको देखिन्छ । मात्र रोजगारीको स्तर ,सुरक्षा ,श्रम अनुरुप को प्रतिफल र पेशाको मार्यादा हामीले ख्याल र्पुयाउनु पर्ने बिषय हुन । मिडिलईस्ट र केही अन्य राष्ट्र हरुमा अदक्ष श्रामिक मात्र पठाउने क्रमको अन्त्य गरी दक्ष कामदार लाई सोही अनुरुपको सेवा र प्रतिफलको ग्यारेनण्टी हुँदा मात्र पठाउने व्यबस्था गर्दा रेमिटाण्स मा गुणात्मक बृदि हासिल गर्न सकिने छ । हज्जारौ नेपाली ईन्जिनियर हरुले आफ्नो डिग्री अनुरुपको काम पाइरहेको अवस्था छैन हाम्रो डिग्री ले विश्वभर आफ्नो प्रमाण पत्र को स्तर अनुरुपको रोजगारी पाउनको लागि राज्यले के कस्तो पहल गर्नु पर्ने हो हामी आग्रह गर्ने छौ । श्रम बजारको नयाँ र आकर्शक क्षेत्र हरु श्रीजना गर्नका लागि राज्य समक्ष माग गर्नेछौ ।

रोजगारीको अर्को नयाँ क्षेत्र हो बिजनेस प्रोसेस आउटसोर्सिङ, पछील्लो समय भारत,फिलिपिन्स लगायतका देशहरुले यस्को माध्यमबाट राम्रो रोजगारी सृजना गरीरहेका छन ब्यक्तीगत र निजी क्षेत्रको प्रयासमा अहिले पनि थोरै मात्रामा भए पनि केही काम हरु भईरहेका छन तर सरकारलेनै यस्को लागि बिशेष युनिट निर्माण गरी राज्य स्तरको बैदेशिक समन्वय अघि बढाउदा लाखौंको रोजगारी देश भित्रै सृजना गर्न सकिने छ यस् सम्बन्धी अबधारणा सहित हामी सरकार समक्ष हाम्रा माग हरु राख्ने छौ ।

युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्य सहितका असंख्य कार्यक्रमहरु र अरबौ रकम सरकारले बिनियोजन गरेको छ तर लक्षित समुह माझ सहज रुपमा बितरण हुन सकेको छैन जती ले लगानी फण्ड प्राप्त गरेका छन तिनी हरु पनि उल्लेख्य अनुपातमा सफल हुन सकेका छैनन ।लगानी समस्या थियो केही आंशिक रुपमा वितरण भए पनि राज्यको उद्देश्य र युवाको उद्यम दुबैमा सफलता देखिएको छैन । हामी सँग बिजनेस एण्ड ईण्टर्प्राईजेज मेनेजमेन्टको स्किलको कमी छ जोखिम न्युनिकरण बजार ब्यब्स्थापन गुणस्तर निर्धारण प्रतिस्पर्धात्मक बजारका लागि आवश्यक टूल्स एण्ड सपोर्ट लगायतका समस्याहरु छन ।

यि कुरामा सुधार नभए एउटा नयाँ उद्यमीमा केही समयमै निराशा उत्पन्न हुन सक्ने र आम्दानीका अनुत्पादक र फास्ट ट्रयाक बिकल्प तिर डेभियट हुने अवस्था बढीरहेको छ । यसर्थ राज्य लगानी मात्र प्रमुख बिषय रहेन अब बजार ब्यबस्थापन,ब्यबस्थापकिय शिक्षा ,जोखिम ब्यबस्थापन लगायत का बिषय हरुको सम्बोधन सहित युवा उद्यमी प्रबद्र्धन कार्यक्रमको आवश्यकता रहेको छ त्यस्का लागि हामी सरकारसँग आग्रह गर्ने छौ ।

लीक्वान–यु ले सिङापुरको शैक्षिक क्षेत्रको बिकासका लागि हावर्डको आउट्सोर्स गरेजस्तै दक्ष जनशक्ती बिकासका लागि अस्ट्रेलियन टेफ, बिजनेस म्यानेजमेन्ट क्षेत्र बिकासका लागि सिङापुरको एआईएम लगाएतका पाठ्यक्रम र प्रणालीहरु बाट सिक्न सकिन्छ । शिक्षा को गुणस्तरीयता र प्रभाबकारीता नै मुलुक को दिगो बिकास को मुख्य आधारशिला भएको हुँदा रुट लेभल देखी नै यो क्षेत्र को समयानुकुल बिकासका लागि सरकारसँग आग्रह गर्ने छौ ।

औधोगिकिकणको सरकारी लक्ष्य स्
मुलुकको आर्थिक बिकास, रोजगारी सृजना र जनताको जीवनस्तर माथि उठाउने उदेश्यका साथ सरकारले अघि सारेको औधोगिकिकणको लक्ष्य र अवधारणालाई सहयोग गर्ने गरी युवा संघ नेपालले रचनात्मक र नविन सोचका साथ आफ्ना अभियानहरु अघि बढाउने छ । यस्का लागि आवश्यक मुलभुत तयारी मुलुकमा औधोगिक तथा लगानीमैत्री वातावरण निर्माण गर्नु जरुरी छ । औधोगिक क्षेत्रलाई शान्ती क्षेत्र, अबरोध र बन्द हड्ताल मुक्त क्षेत्र घोषणा गरी विश्वभरी त्यस्को सन्देश प्रबाह गर्दै बैदेशिक लगानीकर्ताको आकर्षण बढाउनु छ । प्रशासनिक ढिलासुस्ति र अनियमितताका कारण सामान्य घरेलु उद्यमी देखि बैदेशिक लगानीकर्तामा समेत बितृष्णा बढीरहेको छ । कानुनी अस्पष्टता र बैदेशिक लागानीकर्ता मैत्री प्रसाशनिक संरचनाको प्रभवकारी कार्यसम्पादनको अभावको अन्त्य गर्नु पर्ने छ । उद्यमी ब्याबसायीहरुमा व्याप्त चन्दा आतंकको अन्त्य गर्ने तर्फ हाम्रा अभियानहरु केन्द्रित हुनेछन ।संघका उद्यमी सदस्य र सुभेच्छुकहरुको स्वेच्छिक सहयोग बाहेक युव संघ नेपालले पनि अब कुनै औद्योगिक ब्याबसायिक प्रतिष्ठानबाट चन्दा रकम नलिने गरी आर्थिक परिचालनको आन्तरिक व्यवस्थापनाको बाटो तर्फ लाग्ने छ ।

स्वदेशी उत्पादनको प्रवर्दन
मुलुकको कूल ग्रहस्थ उत्पादनको बृद्धि गर्दै स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने प्रधानमन्त्रीज्यूको उद्घोष एवम् अवधारणालाई सफल पार्ने उद्देश्यका साथ युवा संघ नेपालले “एक युवा, एक स्वदेशी उत्पादन प्रयोग” को अभियान अगडी बढाउने छ । जसबाट स्वदेशी उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण उपलब्धी हासील हुने हाम्रो विश्वास रहेको छ । स्वदेशी उत्पादनको प्रयोग गर्ने सन्दर्भमा कुरा गर्ने हो भने जुत्ता बाहेक अन्य पहिरन योग्य स्वदेशी उत्पादनहरु बजारमा पाउन कठिन छ । दैनिक उपभोग्य सामग्रीहरुमा समेत त्यहि अवस्था रहेको छ ।

हामी स्वदेशमै निर्मित वस्त्रहरु प्रयोग गर्न आतुर छौं । तर उत्पादन छैन । आयात प्रतिस्थापनलाई मात्रै केन्द्रित गरेर केहि उद्योगहरु यसमा केन्द्रित गर्न सक्दा मात्र बजेट घाटाको एउटा महत्वपूर्ण हिस्सा हामि कभर गर्न सक्षम हुनेछौं । लगानीको आवश्यकता पर्दा युवाहरुको कलेक्टिभ इन्भेष्टमेन्टको फण्ड निर्माण गरी सरकारलाई सहयोग गर्न हमी तयार छौं । स्वदेशी पोशाक लगाएतका बिभिन्न बस्तुलाई स्कुल, कलेज, राष्ट्र सेवक कर्मचारी, सेना, प्रहरी र राज्यका हरेक तह तप्कामा अनियार्य बनाउने र सार्वजनिक खरिद ऐनमा त्यहि अनुसारको परिमार्जन गर्न सकेमा पार्टी नेतृत्वको सरकारले परीकल्पना गरेको आयात प्रतिस्थापन गर्दै स्वाधिन आत्मनिर्भर अर्थतन्त्र निर्माणको नीति सफल पार्न सकिन्छ ।

यो औद्योगिकिकरण भित्रको एक क्षेत्रको मात्र उदाहरण हो । यस्ता केहि महत्वपूर्ण क्षेत्रको आयात प्रतिस्थापन केन्द्रित आद्योगिक नीतिको प्रभावकारी कार्यान्वयन अघि बढ्नासाथ खरबौंको बजेट घाटा सन्तुलन गर्दै लाखौंको रोजगारी सृजना गर्ने प्रशस्त सम्भावनाहरु हामिमाझ छन् । अब हाम्रो अभियान र कार्यक्रमहरु यिनै विषयमा केन्द्रित हुनेछन् ।

दक्ष जनशक्ती निर्माण

यस बिषयमा सम्मानानिय प्रधान मन्त्रीज्युले उद्घोष गर्नु भएको हरेक स्थानिय तह केन्द्रित प्राबिधिक शिक्षालयको अभियान अन्तर्गत समयानुकल र आर्थिक बृद्धिसँग जोडीने बिशेष र समयानुकुल कोर्षहरु सञ्चालनका लागि सरकार सामु आफ्नो अवधारणा हरु संघले प्रस्तुत गर्नेछ । सिप विकास सम्बन्धी अहिले सम्मका हाम्रा अभ्यासहरु परम्परागत र प्रभावहिन तुल्य छन । क्षेत्र भुगोल र सम्भाब्यताका आधारमा त्यही अनुरुपका पाठ्यक्रमहरु सञ्चालनका लागि संघले सरकारको कार्यक्रमलाई सफल पार्ने गरी अघी बढ्नेछ ।

हाम्रा उच्च पहाडी र हिमाली भेगका जडिबुटिहरुको पहिचान, व्यवसायिक प्रबद्र्धन र प्रशोधन गर्दै, भ्यालु एड सहित सिधै तेस्रो मुलुकमा निर्यात गर्न चाहान्छौं । यसका लागि राज्यबाट आवश्यक सिप र शिक्षा चाहान्छौं । यसैगरी फ्रुट प्रोसेसिङ, डेरी एण्ड मिट प्रोसेसिङ, वेष्ट म्यानेजमेन्ट एण्ड रिसाइक्लिङ, माइनिङ एण्ड मिनरल्स लगायतका समयानुकुल विषयगत सिप र शिक्षाका निम्ति सरकारसँग आग्रह गर्नेछौं ।

हाल सम्म बैदेसिक रोजगारीका सिलसिलामा सिप हासिल गरेका लाखौं युवाहरुको डाटावेसको व्यवस्थित सङकलन छैन । उनिहरुले हासिल गरेका सिप र तह सम्बन्धी बिस्तृत विवरण सङकलन गरी राष्ट्र निर्माणमा लगाउनका लागि सरकार समक्ष आग्रह गर्नेछौ । विश्वभर बिभिन्न क्षेत्रमा नेपाली युवाहरुले आफ्नो कुशल कार्यदक्षता प्रस्तुत गर्दै बिभिन्न बिषयगत बिधाहरुमा बिज्ञता हासिल गरेका छन तर त्यो सबै सङख्यालाई तत्काल देश फर्काउनका लागि आवश्यक सामर्थय राज्यले राख्छ राख्दैन त्यो बिषय आफ्नो ठाउँमा छ तर अहिलेको प्रबिधिको युगमा कैयन बौद्धक उदेश्य र नलेज बेष्ट इन्डष्ट्रिज सञ्चालन गर्नका निम्ति भौतिक उपस्थितिको जरुरी पर्दैन यसर्थ संघले प्रबिधि र नबिन शैलीका फोरम निर्माणका माध्यमबाट विश्वभर छरिएर रहेका अब्बल नेपालीहरुको सोच भिजन र बिज्ञतालाई राष्ट्र निर्माणमा लगाउने गरी ठोस् कार्यक्रम अघी बढाउने छ ।

प्रशासनिक सुधार

स्वरोजगार, उद्यमशिलता अथवा अरु जुनसुकै उदेश्यका साथ जब एक सामान्य पहुँच विहिन युवा प्रसाशन हाताभित्र प्रवेश गर्छ निवेदन दर्ता प्रक्रियादेखि नै उ ढिलासुस्तीको शिकार बन्छ । युवा लक्षित राज्यकोषहरुका लागि प्रस्ताव निर्माणको अवस्था देखि नै कमिसनखोरीको शिकार बन्छ र त्यो तहको निराशा सम्म पुग्छ कि गाउँमा रहेको घर खेत बेचेर बिदेशिनु मै आफूलाई सुरक्षित र झन्झटमुक्त भएको निष्कर्षमा पुग्छ । नियमित र समयसिमा भित्र सेवाग्राहीले सेवा लिनका निम्ति अन्य अतिरिक्त चरणहरु पार गर्नुपर्ने दुःखद अवस्था छ ।

आफ्नो काम समयमा सम्पन्न गर्नका निम्ति जबसम्म एउटा सेवाग्राहीले हरेक टेबलपिच्छेका कर्मचारीहरुको पछि लाग्दै हार गुहार गर्नुपर्ने दिनको अन्त्य हुँदैन तबसम्म सु–साशनको प्रत्याभुति गर्न सकिदैन । यसको समाधानको लागि युवा संघ नेपालको प्रष्ट अवधारणा समेत छ । हरेक सरकारी निवेदनहरुको कोर्डिङका आधारमा फाइल ट्रा¥याकिङ सिस्टमको सुरुवातको निम्ति सरकारसँग आग्रह गर्नेछौं । आवश्यक कानुनहरुको परिमार्जन सहित अटोमेशन र डिजिटलाइजेशन प्रविधीका माध्यमद्धारा सेवाग्राहीले टेबल धाउनुपर्ने दिनको अन्त्य गर्न चाहान्छौं ।

भ्रस्टाचार विरुद्ध शून्य सहनशीलतार्को सरकारी नीतिलाई प्रभावकारी बनाउनका निम्ति हरेक संक्रमित निकायमा कडा पहरेदारी सिर्जना गर्ने भ्रष्ट्राचार बिरुद्धको कडा कानुन निर्माणको लागि राज्यसमक्ष माग गर्ने लगायतका कदमाहरु संघले अघि बढाउने छ ।

२० कृषीमा आधुनीकीकरण

८० प्रतिशत जनसङख्या कृषिमा जोडिएको भनिने मुलुकमा कृषिजन्य उत्पादनमै अरबौं रुपैयाँ भन्दा बढी बजेट घाटा हामीले व्यहोर्नु परिरहेको छ । कृषि क्षेत्रको इनोभेसन र मेकनाइजेसनबाट मात्रै हामिले आफ्नो लक्ष्य हाँसिल गर्न सक्नेछौं । पहिलो चरणमा आयात प्रतिस्थापनलाई फोकस गरेर मात्र योजना बनाउँदा अरबौं बजेट घाटा न्यूनिकरण गर्दै हजारौं रोजगारीको सृजना गर्न सकिन्छ । औजारीकरण र नविनतम प्रविधिको माध्यमबाट मात्र हामिले पढेलेखेका र सबै खालका युवापुस्तालाई कृषि पेशा तर्फ आकर्षण गर्न सक्छौं । कृषि बजार क्षेत्रमा रहेको सिण्डकेट, उत्पादक र उपभोक्ता बिचका खाडलहरु, मल बिऊ विजको क्षेत्रमा निरन्तर अभाव आदीको सदाको निम्ति अन्त्य गर्नु जरुरी छ । सिङ्गो राष्ट्रको आवश्यकता अनुरुप ठाउँ विशेष सम्भाव्यता आधारमा कृषि क्षेत्रको नक्साङकन र सिमाङकन गर्न जरुरत छ ।

कूल अपेक्षित उत्पादकत्व त्यहि अनुरुपको विउ विजन मल, प्रविधि, सिंचाई लगायतका आवश्यकताहरुको प्रभावकारी र बैज्ञानीक वितरण सहितको समग्र कृषि क्षेत्रसँग सम्बन्धित संघको अवधारणालाई व्यपकता दिंदै फिडब्याकको रुपमा सरकार सामु प्रस्तुत गर्नेछौं । बन पैदावार क्षेत्रभित्रका लाखौं हेक्टर खाली जग्गाहरु लगायत काठमाण्डौ र अन्य शहरी क्षेत्रहरुमा खेर गईरहेका सरकारी वा नीजि जग्गाहरु तथा घरका कौशी बरण्डा लगायतका सम्भावित हरेक स्थानहरुलाई कृषिजन्य उत्पादनसँग जोड्ने विशेष अभियान संघले अघि बढाउनेछ ।

अर्गानिक स्टेट
२०७५ साल नयाँ वर्षको दिनमा नेपाललाई अर्गानिक स्टेटको रुपमा अघि बढाउने उद्घोष प्रधानमन्त्रीज्यूले गर्नुभएको छ । रसायनिक मल र बिषादीले विशाक्त भईसकेको हाम्रो नेपाली माटो जोगाउनको निम्ति जनस्वास्थ्यको रक्षाको निम्ति र आर्थिक उन्नतीका निम्ति समेत अत्यन्त महत्वपूर्ण रहेको सरकारको यस अवधारणालाई सफल पार्नको निम्ति युवा संघले त्यहि अनुरुपका गतिविधीहरु सञ्चालन गर्नेछ । अर्गानिक प्रणालीमा जानसाथ उत्पादकत्वमा ह्रास आउने, फलको आकार प्रकार एकरुपता नहुने लगायतका भ्रम अथवा चिन्ता उत्पादक ९किसान० बर्गमा रहेको छ ।

यसलाई चिर्नको निम्ति उत्पादकत्वमा बृद्धि गर्ने गरी शुन्य लगानीमा प्राङगारिक मल उत्पादन गर्ने विधीलाई संघले भिजुअल प्रस्तुतिका माध्यमबाट देशव्यापी रुपमा जागरण पैदा गर्नेछ । रासायनिक विषादीको अभावमा हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै शुन्य लगानी मै प्राङगारिक विषादीको उत्पादन विधीलाई समेत प्रचार प्रसार गरिनेछ । कुनै निश्चित स्थानलाई पाइलट प्रोजेक्टको रुपमा अर्गानिक भिलेजको स्थापना गर्ने तयारी अघि बढिरहेको छ ।

यि लगायतका बर्तमान बामगठबन्धन सरकारले अगाढी सारेका सम्पूर्ण कार्यक्रम तथा अभियानहरुलाई सहयोग गर्नका निम्ति संघले सम्पूर्ण मातहत कमिटिहरुलाई तम्तयार अवस्थामा राख्दै त्यहि अनुरुप परिचालन गर्नेछ । रुपान्तरित कार्यभार र कार्यदिशामा अघि बढ्नका निम्ति नेता कार्यकतार्हरुमा त्यहि किसिमको क्षमता विकासका कार्यक्रमहरु अघि बढाइनेछ । हाम्रो राजनीतिले छुन नसकेका संघ भन्दा बाहिर रहेका लाखौं युवाहरुलाई आकर्षित गर्नका निम्ति नविनता, सिर्जनशिलता, गतिशिलतालाई मूल मन्त्रका रुपमा अवलम्वन गर्दै एक चुस्त आधुनिक शसक्त राजनीतिक संगठनको रुपमा युवा संघ नेपाललाई नयाँ गति र उचाइका साथ अघि बढाउने लक्ष्यका साथ हाम्रा गतिविधीहरु सञ्चालित रहनेछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१