गणतन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७५, शनिबार ०६:२५

काठमाडौँ । यस वर्ष गणतन्त्र दिवस तीन दिन मनाउने भएको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शुक्रबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ सम्म तीन दिन विविध कार्यक्रम गरी देशभित्र र बाहिर नेपाली नियोगहरूमा समेत विविध कार्यक्रम गर्ने निर्णय गरेको हो । तर सरकारले गणतन्त्र दिवसको अवसरमा दिइदै आएको सार्वजनिक विदा भने कटौती गरेको छ ।
प्रधानमन्त्री ओलीको अध्यक्षतामा रहेको मूल समारोह समितिमा कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वराष्ट्रपति, मन्त्रीहरू, पूर्व प्रधानमन्त्रीलगायत रहेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०