एक हप्तामा २२४ जना सगरमाथा चुचुरोमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७५, शनिबार ०६:१३

काठमाडौँ  । सर्वोच्च शिखर सगरमाथामा शुक्रबार ६५ आरोही पुगेका छन् । आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएअनुसार ३५ जना नेपाली शेर्पा र ३० जना विदेशी रहेका छन् । आइतबारदेखि शुक्रबारसम्म चुचुरोमा पुग्नेहरुको संख्या २ सय २४ पुगेको छ ।

बिहीबार ९ नेपाली र नौ विदेशीसहित १८ जना आरोही चुचुरोमा पुगेका थिए । गत आइतबार यस वर्षको वसन्तकालीन सगरमाथा आरोहण अभियानअन्तर्गत आठ नेपाली ९शेर्पा० को समूह बाटो बनाउँदै सबैभन्दा पहिले चुचुरोमा पुगेपछि आरोहण सुरु भएको थियो । यसवर्ष सगरमाथा आरोहणका लागि नेपालसहित ४३ मुलुकका ३ सय ४६ आरोही सगरमाथा पुगेका छन् । तिनमा ६० महिला र २ सय ८६ पुरुष आरोही छन् । आरोहीका साथसाथै करिब ४ सय हाराहारी हाई अल्टिच्युट शेर्पा गाइड पनि छन् ।

पर्यटन विभागका अनुसार यसपटक सबैभन्दा धेरै अमेरिकी ६४, भारतीय ५९, चिनियाँ ५४ र बेलायती २४ छन् । यसपटक ५ महिलासहित २० जना नेपाली छन् । यो सिजनमा सगरमाथासहित २९ वटा हिमाल आरोहणका लागि विभागबाट अनुमति जारी भएको छ । जसमा १ सय ५ आरोहण दल सम्मिलित छन् भने ८ सय ३९ सदस्य छन् । विभागले आरोहण अनुमतिबाट ४१ करोड २८ लाख संकलन गरेको छ । यसमध्ये सबैभन्दा धेरै ३५ करोड ३५ करोड सगरमाथाबाटै संकलन भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१