साईकलबाट विश्वका २० वटा मुलुकको भ्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७५, शनिबार ०५:५१

काठमाडौं । विश्व साइकलयात्री अनिश ढकालको समूहका निर्मल बराल र दिलिप क्षेत्रीले साईकलबाट विश्वका २० वटा मुलुकको भ्रमण गरेका छन् ।

२०७२ सालको भूकम्पपश्चात विश्वभर नेपालको प्रवद्र्धन गर्ने उद्देश्यका साथ अनिशको समूहले ‘प्रोमोटिङ नेपाल एण्ड एड्भोकेटिङ ईन्भाइरोमेन्टलिज्म एण्ड पिस’ भन्ने नाराका साथ २० देशको भ्रमण गरेका हुन् ।

उनीहरुले भारत, बंगलादेश, श्रीलंका, म्यानमार, थाईल्याण्ड, लाओस, कम्वोडिया, भियतनाम, बु्रनाई, सिंगापुर, मलेसिया, ताईवान, साउथ कोरिया, ईजरायल, चिलि, अर्जेन्टिना, बोलिभिया, ब्राजिल र संयुक्त राज्य अमेरिकाको साईकलबाट भ्रमण गरेका हुन् ।

विश्व साइकलयात्राबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अनिशले विश्वका विभिन्न देशमा साइकलयात्रीका रुपमा आफू पुग्दाको अनुभवहरु सुनाएका थिए ।

साईकलयात्राका क्रममा लाओस, ताईवानलगायतका देशको यात्रा रोमाञ्चक रहेको बताउँदै आफ्नो यात्राको क्रममा सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिए । आफूहरुले साइकलयात्राको क्रममा नेपालको झण्डा र बुद्धको प्रचार–प्रसार गरेको उनले बताए ।

कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले साइकलयात्रा चुनौतीपूर्ण रहेको बताउँदै अबको यात्रामा नेपालको पर्यटन प्रवद्र्धनका लागि जिम्मेवारीपूर्ण ढंगले अगाडी बढ्न सुझाव दिँदै नेपाल पर्यटन बोर्डले आवश्यक सहयोग गर्ने बताए ।

साईकल यात्रालाई अझ प्रभावकारी ढंगले सञ्चालन गर्न सके त्यसले नेपाल आउने पर्यटकहरुको संख्या वृद्धि गर्न सकिने उनको भनाई थियो ।

त्यस्तै नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले हाल विश्वका विभिन्न मुलुकमा नेपाली समुदायहरु रहेको र उनीहरुसँगको समन्वयमा साईकल भ्रमण गर्न सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य रामशरण थपलियाले साईकलयात्रामार्फत अनिशको समूहले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान गरेको बताउँदै आगामी दिनमा साईकल यात्रालाई नेपाल उद्योग वाणिज्य महासंघ सहयोग गर्न तयार रहेको बताए ।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)  का पूर्व महासचिव सागर पाण्डे, युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिंखडा, नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का उपाध्यक्ष अच्युत गुरागाईं, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)  का बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी र नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)  का पूर्व कोषाध्यक्ष लिला बलदेव दाहाल (काका ) लगायतले अनिशको समूहले विश्व साईकलयात्रामार्फत नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग गरेको धारणा राख्दै आगामी यात्रालाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१