नाङ्गो फोटो खिचाएर चर्चित भएका यी बलिवुड नायिकाहरु …

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७५, शनिबार ०५:२९

पछिल्लो समय टिभी अभिनेत्री मोना सिंह एकता कपुरको वेब सिरिजमार्फत लामो समयपछि पुनः टिभिमा आउँदैछिन् । यसको कथावस्तु विवाहेतर सम्बन्धमा आधारित छ । मोना सिंह ती अभिनेत्री हुन् जसको नाम एमएमएस आण्डमा आइसकेको छ । केही वर्ष पहिले उनको २३ सेकेण्डको नग्न भिडियो भाइरल भएको थियो । मोनाले भने यो भिडियो आफ्नो नभएको दावी गरेकी थिइन् ।

बलिउड अभिनेत्री प्रिती जिन्टा पनि एमएमएस काण्डमा मुछिइसकेकी छिन् । उनको नुहाउँदै गरेको भिडियो भाइरल भएको थियो । करिना कपुर र शाहिद कपुरबीच प्रेम सम्बन्ध चलेका बेला उनीहरुको पनि एक रेष्टुरेण्टमा किस गर्दै गरेको भिडियो भाइरल भएको थियो । कट्रिना कैफको पनि यस्तै भिडियो २०१४ मा लिक भएको थियो तर यो भिडियो नक्कली भएको दावी गरिएको थियो ।

केही वर्ष पहिले सोनाक्षी सिन्हाजस्तै देखिने एक युवतीको पनि बेडरुमको भिडियो बाहिरिएको थियो । पछि यो भिडियो सोनाक्षीलाई बदनाम गर्न फैलाइएको खुलेको थियो । बल्लिका शेरावतको पनि एक विदेशीसँग बेडरुमकै भिडियो बाहिरिएको थियो ।

मल्लिकाले पनि यो भिडियो नक्कली भएको दावी गरेकी थिइन् । २००५ मा रिया सेनको पनि अश्मित पटेलसँग यस्तै इन्टिमेन्ट भिडियो बाहिरिएको थियो । मी टू अभियानका बेला यौनशोषणविरुद्ध अभियान चलाएकी राधिका आप्टेका पनि गोप्य फोटोहरु भाइरल भइसकेका छन् । पाकिस्तानी अभिनेत्री बिना मलिकको पनि यस्तै भिडियो सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१