तनावबाट मुक्त हुन प्राणायाम गर्ने यी तरिका हेर्नुस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७५, शनिबार ०५:२१

एजेन्सी । प्राणलाई नियन्त्रित र अभिवृद्घि गर्ने प्रणाली लाई प्रणायाम भनिन्छ । अथवा प्राणायाम भनेको श्वाश–प्रश्वास संग सम्वन्धित यौगिक अभ्यास हो ।

काम, घरपरिवार, मानसिक तनाव आदिका कारण मन एकाग्र बनाउन मानिसलाई मुस्किल पर्छ । तर, मानिसले मनलाई एकाग्र बनाउन भने आवश्यक छ । जसले शारीरिक तथा मानसिक रूपमा फाइदा पु९याउँछ । त्यसका लागि प्राणायामको सहयोग लिन सकिन्छ । प्राणायामले मनलाई सन्तुलित बनाउन भूमिका निर्वाह गर्छ ।

प्राणायामको तरिका:

पहिला योगगुन्द्रीमा आरामसँग बस्ने ।
श्वासप्रश्वासको अवलोकन गर्ने ।
प्राणायाम अभ्यासका लागि आफ्नो दिमागमा चित्र उतार्ने ।
आरामसँग गुन्द्रीमा उभिने ।
अनिदायाँ र बायाँ हातलाई व्यवस्थित तरिकाले राख्नने
दायाँ खुट्टालाई खुम्च्याएर बायाँ गोडाको तिघ्राको कापमा व्यवस्थित तरिकाले राख्ने ।
अनि बिस्तारै श्वास लिएर दुवै हत्केलालाई नमस्कार मुद्रामा राख्ने अनि बिस्तारै श्वास छाड्ने ।
श्वास लिँदै शरीरलाई पूर्ण रूपमा सन्तुलनमा राखी नमस्कार मुद्रामा रहेको हातलाई आरामसँग टाउकोमाथि पुर्यानउने ।
श्वासछाडेर शरीरलाई पूर्ण सन्तुलनमा राख्दै ३०सेकेन्डदेखि एकमिनेटसम्म गर्न सकिन्छ ।
आसनको अन्त्य गर्नका लागि श्वास पूरा लिने र बिस्तारै श्वास छोड्दै हत्केलालाई तल झार्ने ।
अभ्यास पटक–पटक दोहो९याउन सकिन्छ ।
आसन समाप्त गरेर केही समय श्वास र शरीरको अवलोकन गर्ने।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१