सामसङ मोबाइलको सर्भिस सेन्टर हेटौंडामा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ जेष्ठ २०७५, शनिबार ०५:१५

काठमाडौँ । विश्व प्रसिद्ध कोरियन कम्पनी सामसङ मोबाइलले हेटौंडामा सर्भिस सेन्टर स्थापना गरेको छ । नेपालका लागि सामसङ मोबाइलका भाइस प्रेसिडेन्ट मिस्टर वानले बिहीबार एक कार्यक्रमको आयोजना गरी हेटौंडाको नारायणी मलमा सर्भिस सेन्टरको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै वानले ग्राहकको सेवालाई मध्यनजर गर्दै हेटौंडामा १३ औं सर्भिस सेन्टर स्थापना गरिएको जानकारी दिए । सर्भिस सेन्टर सम्हाल्ने आइएमएसका सर्भिस हेड कुनाल गुरुङले प्रदेशको राजधानी भएकाले हेटौंडामा पनि सर्भिस सेन्टर खोलिएको जानकारी दिए । नेपालभरका काठमाडौं, नारायणगढ, नेपालगन्ज, पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, कमलादी, जावलाखेल, बिर्तामोड, दाङपछि हेटौंडामा सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको गुरुङले बताए । नेपालभर उच्चस्तरीय सर्भिस दिइरहेको दाबी गर्दै सामसङका नेपाल प्रमुख राजन भट्टराईले हेटौंडामा पनि र ग्राहकलाई सन्तुष्ट हुने गरी सेवा दिने विश्वास व्यक्त गरे । नेपालको धनगढी र दमौलीमा चाँडै सर्भिस सेन्टर सञ्चालन गरी ग्राहकलाई सेवा प्रदान गर्नेसमेत भट्टराईले बताए । यससँगै हेटौंडामा आधिकारिक सर्भिस सेन्टर खोल्ने मोबाइल कम्पनीमा सामसङ पहिलो भएको छ । अहिलेसम्म हेटौंडामा अन्य मोबाइल कम्पनीको सर्भिस सेन्टर नखुलेको बताउँदै सामसङ मोबाइलको आधिकारिक विक्रेता आरएम इन्टरप्राइजेजका सञ्चालक रोहिणीप्रसाद गौतमले पहिलो पटक हेटौंडामा सामसुङ मोबाइलको सर्भिस सेन्टर सञ्चालनमा आएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१